प्रदेश

गुल्मीको मदानेमा घर भत्किँदा ३ जना बालबालिका घाइते



गुल्मी, १० साउन । वर्षाका कारण घर भत्किँदा गुल्मीमा तीन जना घाइते भएका छन् । मदाने गाउँपालिका–२ भँेडीखोरमा बुधवार बिहान मुक्तबहादुर घर्तीको घर भत्किँदा तीन जना घाइते भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक ९डीएसपी० डिल्लीनारायण पाण्डेले जानकारी दिनुभयो ।

घर भत्किँदा मुक्तबहादुरकी १२ वर्षीय छोरी करिष्मा, नौ वर्षीय छोरा हिक्मत घर्ती र त्यही ठाउँका १० वर्षीय अम्मर परियार घाइते भएका प्रहरीले जनाएको छ । बुधवार बिहान मुक्तबहादुर घर्तीको टिनले छाएको दुई तले कच्ची घर भत्किएको हो ।

डीएसपी पाण्डेका अनुसार घाइतेको टाउकोमा चोट लागेको र उनीहरूको अवस्था खतरामुक्त रहेको छ । घाइते तीनै जनाको मदाने सामुदायिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ । घर भत्किएपछि घर्तीको परिवारले अहिले छिमेकीको घरमा आश्रय लिएको छ ।

प्रकाशित : १० श्रावण २०८०, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६