प्रदेश

बाणगंगाका तिन क्लवले एकै साथ प्रदान गरे डुवान पिडितलाई राहत




हरि घिमिरे

कपिलवस्तु, १० साउन ।
बाणगंगा नगरपालिका वडा नम्बर ७ का डुवान पिडित परिवारलाई राहात वितरण गरिएको छ । विभिन्न संघ संस्थाले बुधबार डुवानबाट पिडित घरपरिवारलाई राहत वितरण गरेका हुन् । जिल्लामा सक्रिय लायन्स क्लव अफ कपिलवस्तु, कपिलवस्तु जेसिज र लियो क्लव अफ कपिलवस्तु, कपिलवस्तु वन पैदावार समितिले संयुक्त रुपमा राहत प्रदान गरेका हुन् ।


मंगलवार राति परेको अविरल वर्षाका कारण १ सय ६३ घर डुबानमा परेका थिए । बाणगंगाको वडा न.७ र ८ मा पर्ने प्रगति टोल, चौरी गाउँ, शान्ति टोल, पुल चोक, उत्तर र सिसनिया लगायतका क्षेत्रका घरहरु डुवानमा परेका हुन ।


राहतमा खटिएका तिन क्लवले करिब ४० हजार बराबरको सामग्री प्रदान गरेको लायन्स क्लव अफ कपिलवस्तुका अध्यक्ष ओम प्रकाश घिमिरेले जानकारी दिए । उनले बाढिले डुवानमा परेका परिवारमा पर्न गएको क्षती प्रती दुःख व्यक्त गर्दै अन्य निकायहरुलाई पनि सहयोगमा जुट्न आग्रह गरे ।


अध्यक्ष घिमिरेले लायन्स क्लव अफ कपिलवस्तुले थप सहयोगका लागि दात्रि निकाय संग पहल गर्ने बताए । उनले यस्ता विपद व्यवस्थापनका लागी क्लव हर्दम तयारी अवस्थामा रहेको बताए ।


यस्तै अहिले राहात वितरणको काम तीब्र गतिमा भईरहेको र अन्य थप सहयोगका लागि लायन्स निरन्तर लाग्ने क्लवका मिडिया संयोजक नवराज बेल्वासेले जानकारी दिए ।

प्रकाशित : १० श्रावण २०८०, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६