कपिलवस्तु १० साउन । पुरुषले महिलालाई कुटपीट गरेको खानलाउन नदिएको घरमा बस्न नदिएका भन्दै प्रहरीमा अत्यधिक उजुरी पर्ने गर्छन । तर महिलाले नै मादक पदार्थ सेवन गरी झगडा गरेको, पुरुषलाई खान लाउन नदिएको, सुत्न नदिएको माईत गए पछि नफर्केको लगायतका उजुरी भने कमै पर्ने गर्छन । सीरमतिले पर पुरुषसंग समबन्ध राखेको, तनाब दिने गरको, फेस बुकमा अनावश्यक मान्छेसंग कुराकानी गरी हैरानी पारेको बिरामी पर्दा पत्नीले कुनै वास्ता नगरेको, बैदेशिक रोजगारीमा रहेको बेला श्रमितिले सबै पैसा उडाएको लगायतका ठाडो उजुरी केही बर्ष यता प्रहरीमा पर्ने गरेका छन ।
जिल्लामा पुरुष हिंसा समेत बढदै गएको प्रहरी कार्यालयले जनाएको छ । गत आर्थिक बर्ष ०७९/ ८० मा जिल्लामा २९ वटा पुरुष हिंसा भएको भन्दै उजुरी दर्ता भएका छन । आर्थिक बर्ष २०७०/ ०७१ देखि पुरुष हिंसाको रकर्ड समेत राख्न थालेको हो । त्यस यता बर्षको १० देखि १५ वटा मात्र पुरुष हिंसा सम्बन्धी उजुरी पर्ने गरेकोमा गत आर्थिक बर्ष भने २९ वटा उजुरी दर्ता भएको जिल्ला प्रहरी कार्यालय महिला तथा बाल बालिका सेवा केन्द्र की प्रहरी निरक्षिक शैलेश्वरी बोहोराले बताईन । श्रीमतीबाट पीडित भएको कुरा समाजमा गर्दा अपहेलित हुने डरले चुपचाप हिंसा सहेर बस्ने पुरुषहरूले अहिले उजुरी दिन थालेका छन ।
पहिले गाउँघरमै गुपचुपमा मिलाइने महिला पीडित पुरुष हिंसाका उजुरी गर्न पुरुषहरू आफै प्रहरी कहाँ पुग्ने गरेका छन । उनीहरूले आफू महिलाबाट पिडित भएको भन्दै न्याय पाउने आशाले जिल्ला प्रहरी कार्यालयको महिला तथा बालबालिका सेलमा उजुरी दर्ता गर्ने गरेका छन । महिला सेल कपिलवस्तुका अनुसार गत आर्थिक बर्ष ३ सय ५२ घरेलु हिंसामा परेको उजुरी मध्ये ३ सय ५ वटामा मेलमिलाप गरी टुंगाइएको थियो ।
१० श्रावण २०८०, बुधबार
प्रतिक्रिया