प्रदेश

बंगलाचुलीमा चुनढुङ्गा खानीबाट टिप्पर सञ्चालनमा रोक



दाङ, १२ साउन ।
बंगलाचुली गाउँपालिका क्षेत्रमा संचालित चुनढुङ्गा खानीबाट ढुवानी गर्ने टिप्परहरु शुक्रवारदेखि संचालनमा रोक लगाइएको छ । अविरल वर्षाका कारण वन जंगलको माटो गलेको, बाढी पहिरोको जोखिम बढ्नुका साथै सडकमा समेत क्षति पुग्ने अवस्था रहेको भन्दै टिप्पर संचालनमा रोक लगाउन लागिएको हो ।

सिमेन्ट उद्योगका टिप्पर संचालनमा केही दिन रोक लगाउने गरी उद्योगलाई ताकेता गरिएको बंगलाचुली गाउँपालिका वडा नम्वर ४ का वडा अध्यक्ष डासबहादुर डाँगीले जानकारी दिए । सिमेन्ट उद्योगले यस विषयमा सहमति जनाएको छ ।

टिप्पर बन्द गरिएको समयमा हाल भत्किएका सडकका खाल्डा खुल्डी र सडकको अन्य क्षेत्रमा पनि मर्मतको काम गर्न लगाईने उनले जानकारी दिए । सिमेन्ट उद्योगहरुले वर्षातको समयमा खानी उत्खनन् तथा ढुवानीको कार्यलाई रोक्ने गरी वातावरणीय प्रभाव मुल्याङ्कनमै उल्लेख गरेका छन् ।

तर बंगलाचुली क्षेत्रमा संचालित सिमेन्ट खानिहरुले सो नियमको पूर्णपालना नगरी कच्चा पदार्थ उत्खनन् तथा टिप्परहरु संचालन गर्दा सडकमा खाल्डाखुल्डी बनेर सडक विग्रदै गएको छ । जसकारण अन्य यात्रुवाहक सवारी साधनलाई संचालनमा समस्या हुने गरेको छ ।

घोराही सिमेन्ट उद्योगका जनसम्पर्क अधिकृत अमर सुवेदीले पनि खानीका टिप्परहरु केही दिन रोक्ने सहमति जनाएको बताए । वर्षायामलाई मध्यनजर गर्दै सिमेन्ट उद्योगका चुनढुङ्गा बोक्ने टिप्परहरु सो क्षेत्रमा चलाउन बन्द गर्न लागेको बताए । बंगलाचुली गाउँपालिकामा घोराही सिमेन्ट उद्योग लिमिटेड, सम्राट सिमेन्ट उद्योग, सोना सिमेन्ट उद्योग र शुभश्री अग्नि सिमेन्ट उद्योगले कच्चा पदार्थ चुनढुङ्गा उत्खनन तथा ढुवानी गर्दै आएका छन् ।

प्रकाशित : १२ श्रावण २०८०, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६