वाँके १४ साउन । बर्दिया राष्ट्रिय निकुञ्ज रहेको ठाकुरबाबा नगरपालिका र गेरुवा गाउँपालिका जोड्ने गरी नेपालको सबैभन्दा लामो ‘स्काई ब्रिज’ निर्माण हुने भएको छ । हात्तीसार–मनाउ क्षेत्रको झण्डै ३ हजार ५ सय मिटर दूरीमा पर्ने नदी र वन क्षेत्र माथिबाट एक अर्ब रुपैयाँ लगानीमा लुम्बिनी प्रदेश सरकारले स्काई ब्रिज निर्माण गर्न लागेको हो । ठाकुरबाबा नगरपालिकाले आयोजना गरेको खानेपानी सरसफाइ र स्वच्छता सम्बन्धी प्रदेशस्तरीय अनुभव आदानप्रदान एवं पैरवी कार्यक्रममा लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले यस्तो प्रतिबद्धता जनाउनु भएको हो ।
१४ श्रावण २०८०, आइतबार
प्रतिक्रिया