प्रदेश

कपिलवस्तुमा हैजाको जोखिम उच्च, साढे १४ प्रतिशत खानेपानीमा भेटियो दिसाजन्य पदार्थ




कपिलवस्तु, १७ साउन ।
कपिलवस्तुमा झन्डै साढे १४ प्रतिशत खानेपानीमा इकोली अर्थात् दिसा मिसावाट भएको पाइएको छ। स्वास्थ्य कार्यालय कपिलवस्तुले जिल्लाका ८ पालिकाको बिभिन्न १ सय ४ स्थानको खानेपानीको नमुना परीक्षणमा १५ वटामा इकोली भेटिएको हो।

जिल्लाका ८ स्थानीय तहमा गरिएको परीक्षणमा १४ दशमलव ४२ प्रतिशत नमुनामा इकोली भेटीएको स्वास्थ्य कार्यालय प्रमुख अनिरुद्ध श्रीवास्तवले बताए। पानीमा दिसाजन्य पदार्थ मिश्रण हुनुलाई इकोली भनिन्छ। परीक्षणमा जिल्लाका सुद्धोदन र मायादेबी गाउपालिका र महाराजगंज नगरपालिकामा धेरै स्थानको पानी मानिसको स्वास्थ्यमा प्रतिकूल असर पार्ने खालको रहेको पाइएको हो। प्रमुख श्रीवास्तव अनुसार सुद्धोदन गाउपालिकामा १६ नमुना परिक्षण गर्दा ४ वटामा ईकोली भेटिएको छ। मायादेबीमा ८ वटा परिक्षण गर्दा २ वटामा महाराजगंज नगरपालिकामा ३० वटामा ७ र कृष्णनगर नगरपालिकामा १२ वटा परिक्षण गर्दा २ वटामा ईकाली भेटिएको स्वास्थ्य कार्यालय ल्याब टेक्निसियन श्रीधर खनालले बताए। शिवराज नगरपालिकाको १४, बुद्धभुमी नगरपालिकाको ८ र बाणगंगाको १० स्थानको नमुना परिक्षण गर्दा पानीमा ईकालीको मात्रा नभेटिएको खनालले बताए।

२ बर्ष अघि जिल्लाको कृष्णनगर महराजगंज, मायादेबी लगायतका स्थानमा झाडा पखालाको प्रकोप फैलिदा ५ जना बढीको मृत्यु भएको थियो । गत असार २३ देखि २८ असार सम्म जिल्लाको ८ पालिकामा गरिएको पानीको नमुना परिक्षणले जिल्लाका ४ पालिमा हैजा फैलने जोखिम रहेको खनालले बताए। ‘ पानीको नमुना परिक्षण गर्दा ४ पालिकाको पानीमा ईकोलीको मात्रा बढी फेला परेको छ ’ उनले भने ‘ त्यहा सचेतनाको कार्यक्रम संचालन गर्नु पर्छ ’। उनले हैन्ड पम्पको पानीमा भने ईकाली नदेखिएको उनले बताए। खासगरी कृष्णनगरको मदर्सा र अन्य पालिकाको नास्ता पसलहरुमा रहेका हेन्ड पम्प र जग, मग र बाल्टीमा रहेको पानीको परिक्षण गरिएको थियो। हेन्ड पम्पको पानीमा ईकालीको मात्रा भेटिएन तर जग, मल बाल्टीको पानीमा भने ईकोलीको मात्रा भेटिएको खनालले बताए।

होटल र नास्ता पसलेले भाडाकुडा फोहर राख्ने र सरसफाईमा समेत ध्यान नदिएकाले यस्तो देखिएको उनले बताए। इकोलीले हैजा, झाडापखाला, टाइफाइड जस्ता दुषित पानीजन्य सरुवा रोग फैलन सक्ने भएकोले समयमै पानी शुद्धिकरण सम्वन्धी सचेतनामूलक क्रियाकलापहरु सञ्चालन गर्नु पर्ने स्वास्थयकर्मी बताउछन्। वर्खाको समयमा सङ्क्रमणको जोखिम रहने भएकाले स्वास्थ्य सावधानी अपनाउनाका साथै पानी शुद्धीकरण गरी पिउनु पर्ने उनीहरु बताउछन्। जिल्ला अस्पतालदेखि स्वास्थ्य चौकी, , विभिन्न खानेपानी आयोजना, कुँवा, उपभोक्ता समितिको धारालगायत पानी उमालेर मात्र पिउनुपर्ने बताइएको छ।

प्रकाशित : १७ श्रावण २०८०, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६