खोज–अनुसन्धान

बचतकर्ताको रकम फिर्ता नगरे कडा कारबाही : मन्त्री पाण्डेय




कपिलवस्तु १७ साउन।लुम्बिनी प्रदेशका गृहमन्त्री सन्तोषकुमार पाण्डेयले सर्वसाधारणले बचत गरेको रकम फिर्ता नगरी सहकारी बन्द गरेर फरार सञ्चालकलाई कानुनी दायरामा ल्याइने बताएका छन् । उनले आम नागरिकको पैसा डुबाउने कार्यमा लाग्ने त्यस्ता सहकारीका सञ्चालकलाई कानुनी दायरामा ल्याउन प्रदेश सरकारले ऐन, कानुन बनाएर प्रक्रिया अगाडि बढाउने बताए ।बुधबार भैरहवामा सहकारीबाट पीडित स्थानीयबासीको गुनासोलाई सम्बोधन गर्दै उनले स्थानीयस्तरमा सञ्चालित सहकारीमा कम समस्या देखिए पनि काठमाडौंलगायत बाहिरबाट आएर सहकारी खोली चलाएकाको गतिविधिबाट जनताले सास्ती खेप्नुपरेको बताए ।
जनताबाट निर्वाचित जनप्रतिनिधि भएकाले जनताका मतको कदर गर्नु आफ्नो दायित्व भएको मन्त्री पाण्डेयको भनाइ छ । समस्या समाधानका लागि एक्लाएक्लै अघि बढ्नुभन्दा सामूहिक रुपमा अघि बढ्नुपर्नेमा उनले जोड दिए । उनले सर्वसाधारणले सहकारीमा जम्मा गरेको पैसा फिर्ता नहुँदा अध्ययन, उपचार तथा घरायसी प्रयोजनका लागि गरिने खर्चमा समेत मर्का परेको बताए ।सो अवसरमा सहकारीबाट पीडितले सहकारीमा जम्मा भएका रकम फिर्ता पाउन नसकेको, सम्बन्धित निकायमा जाँदा समस्याको सुनुवाइ नभएको, पैसा फिर्ता नहुँदा आर्थिक संकटमा परेको गुनासो गरेका थिए ।

प्रकाशित : १८ श्रावण २०८०, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६