खोज–अनुसन्धान

बाणगंगाका ३ विद्यालयमा नेपाली सेनाको परेड




कपिलवस्तु १७ साउन । बाणगंगाका ३ विद्यालयमा सेनाको परेड भन्दा अनौठो लाग्न सक्छ तर विद्यार्थीलाई सेनाले यस्तै परेड खेल्ने कृयाकलापमा सरिक गराएको छ ।कपिलवस्तुको बाणगंगा नगरपालिका स्थित विभिन्न तीन वटा विद्यालयमा नेपाली सेनाको जुनियर एनसीसी तालिम विद्यार्थीका लागि संचालन गरिएको छ । साउन १ गते देखि सुरु भएको यो तालिममा विद्यालयमा अध्ययनरत विभिन्न कक्षा र तहका विद्यार्थीहरु सहभागि भएका छन् ।कपिलवस्तुमा यस पटक बाणगंगा नगरपालिका अन्र्तगतका विभिन्न तीन वटा विद्यालय यो तालिमका लागि छनोट भइ तालिम संचालन भएका हुन ।

जनज्योति मावि मोतिपुर, सूर्याेदय मावि बरवा र होराइजन मावि सिद्धीपुरमा नेपाली सेनाको जुनियर एनसीसी तालिम संचालन भइरहेको छ । जनज्योति मावि मोतिपुरमा कक्षा ८, ९ र १० मा अध्ययन गर्ने विद्यार्थीहरु ३६ जना सहभागि रहेको विद्यालयका सहायक प्रधानाध्यापक नारायण प्रसाद घिमिरेले जानकारी दिनुभयो । जनज्योतिमा १८ जना छात्र र १८ जना छात्रा गरी ३६ जनाले जुनियर एनसीसी तालिम लिइरहेका छन् । उनीहरुलाई शमसेर दल गण गोरुसिँगेले दैनिक तामिल संचालन गरिरहेको छ ।विद्यालयमा ७९ उनासी दिन र बाँकी नेपाली सेनाको व्यारेकमै संचालन हुने गरी सहभागि विद्यार्थीहरुलाई जम्मा १०० दिनको तालिम संचालन हुने बताइएको छ ।
तालिममा शारिरिक अभ्यासको अलावा विद्यार्थीहरुको नेतृत्व क्षमतामा विकास, विद्यार्थीहरुमा हुनुपर्ने अनुशासन र बफादारिता, राष्ट्रिय एकताको भावना, व्यक्तिगत विकास तथा क्षमता अभिवृद्धि, सामुहिक आदानप्रदान , समाजमा फैलिने गलत प्रवृत्ति विरुद्ध जनचेतना, दैबिप्रकोप तथा बिपद व्यवस्थापन जस्ता घटनामा सहभागिता लगायत महत्वपूर्ण बिषयमा सिकाइ हुने छ ।

प्रकाशित : १७ श्रावण २०८०, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६