खोज–अनुसन्धान

कपिलवस्तु हैजाको उच्च जोखिममा

झन्डै साढे १४ प्रतिशत खानेपानीमा देखियो दिशाजन्य पदार्थ




कपिलवस्तु १७ साउन। कपिलवस्तु हैजाको उच्च जोखिममा रहेको पाइएको छ । तराई जिल्ला कपिलवसतुमा झन्डै साढे १४ प्रतिशत खानेपानीमा इकोली अर्थात् दिसा मिसावाट भएको पाइएको हो । स्वास्थ्य कार्यालय कपिलवस्तुले जिल्लाका ८ पालिकाको बिभिन्न १ सय ४ स्थानको खानेपानीको नमुना परीक्षणमा १५ वटामा इकोली भेटिएको हो । जिल्लाका ८ थानीय तहमा गरिएको परीक्षणमा १४ दशमलव ४२ प्रतिशत नमुनामा इकोली भेटीएको स्वास्थ्य कार्यालय प्रमुख अनिरुद्ध श्रीवास्तवले बताए । पानीमा दिसाजन्य पदार्थ मिश्रण हुनुलाई इकोली भनिन्छ । परीक्षणमा जिल्लाका सुद्धोदन र मायादेबी गाउपालिका र महाराजगंज नगरपालिकामा धेरै स्थानको पानी मानिसको स्वास्थ्यमा प्रतिकूल असर पार्ने खालको रहेको पाइएको हो ।प्रमुख श्रीवास्तव अनुसार सुद्धोदन गाउपालिकामा १६ नमुना परिक्षण गर्दा ४ वटामा ईकोली भेटिएको छ ।

मायादेबीमा ८ वटा परिक्षण गर्दा २ वटामा महाराजगंज नगरपालिकामा ३० वटामा ७ र कृष्णनगर नगरपालिकामा १२ वटा परिक्षण गर्दा २ वटामा ईकाली भेटिएको स्वास्थ्य कार्यालय ल्याब टेक्निसियन श्रीधर खनालले बताए । शिवराज नगरपालिकाको १४, बुद्धभुमी नगरपालिकाको ८ र बाणगंगाको १० स्थानको नमुना परिक्षण गर्दा पानीमा ईकोलीको मात्रा नभेटिएको खनालले बताए । २ बर्ष अघि जिल्लाको कृष्णनगर महराजगंज, मायादेबी लगायतका स्थानमा झाडा पखालाको प्रकोप फैलिदा ५ जना बढीको मृत्यु भएको थियो । गत असार २३ देखि २८ असार सम्म जिल्लाको ८ पालिकामा गरिएको पानीको नमुना परिक्षणले जिल्लाका ४ पालिमा हैजा फैलने जोखिम रहेको खनालले बताए । ‘ पानीको नमुना परिक्षण गर्दा ४ पालिकाको पानीमा ईकोलीको मात्रा बढी फेला परेको छ ’ उनले भने ‘ त्यहा सचेतनाको कार्यक्रम संचालन गर्नु पर्छ ’ ।

उनले हैन्ड पम्पको पानीमा भने ईकाली नदेखिएको उनले बताए । खासगरी कृष्णनगरको मदर्सा र अन्य पालिकाको नास्ता पसलहरुमा रहेका हेन्ड पम्प र जग, मग र बाल्टीमा रहेको पानीको परिक्षण गरिएको थियो । हेन्ड पम्पको पानीमा ईकालीको मात्रा भेटिएन तर जग, मल बाल्टीको पानीमा भने ईकोलीको मात्रा भेटिएको खनालले बताए । होटल र नास्ता पसलेले भाडाकुडा फोहर राख्ने र सरसफाईमा समेत ध्यान नदिएकाले यस्तो देखिएको उनले बताए । इकोलीले हैजा, झाडापखाला, टाइफाइड जस्ता दुषित पानीजन्य सरुवा रोग फैलन सक्ने भएकोले समयमै पानी शुद्धिकरण सम्वन्धी सचेतनामूलक क्रियाकलापहरु सञ्चालन गर्नु पर्ने स्वास्थयकर्मी बताउछन ।

वर्खाको समयमा सङ्क्रमणको जोखिम रहने भएकाले स्वास्थ्य सावधानी अपनाउनाका साथै पानी शुद्धीकरण गरी पिउनु पर्ने उनीहरु बताउछन । जिल्ला अस्पतालदेखि स्वास्थ्य चौकी, विभिन्न खानेपानी आयोजना, कुँवा, उपभोक्ता समितिको धारालगायत पानी उमालेर मात्र पिउनुपर्ने बताइएको छ ।

प्रकाशित : १८ श्रावण २०८०, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६