गुल्मी १९ साउन । जिल्लाको रेसुङ्गा नगरपालिकामा अनुदानमा कृषकलाई उपलब्ध गराइएको ५० वटा पाडा मरेपछि कृषकको गोठ खाली खाली भएसँगै लाखौं रकम स्वाह भएको छ । नगरपालिकाको ५० प्रतिशत अनुदानमा कृषकले पाडा पाल्न थालेको २र३ महिनादेखि नै पाडा मर्ने क्रम नरोकिँदा उनीहरुको गोठ रिक्तिएको हो ।नगरपालिकामा ‘पाडा प्रबर्द्धन तथा मासु मिसन’ कार्यक्रम अन्तरगत खरिद गरिएका पाडाहरुको नियमित स्वास्थ्य परीक्षण तथा सम्भाव्यता अध्ययन विनानै हचुवाको भरमा कार्यक्रम लागू गर्दा सो समस्या सिर्जना भएको स्थानीयले आरोप लगाएका छन् । गत वर्ष संघीय सरकारको पाडा प्रवर्द्धन तथा मासु मिशन कार्यक्रम शिर्षकमा विनियोजित २० लाख ४४ हजार रुपैयाँ खर्च गरी स्थानीय कृषकलाई वितरण गरिएको पाडा मरेर गोठ खाली हुँदासम्म घटनालाई गुपचुप राख्ने प्रयास गरिएको छ ।
अघिल्लो स्थानीय सरकारले पाडा प्रवर्द्धन कार्यक्रमका लागि गरेको निर्णय अनुसार अहिलेको स्थानीय सरकारले असार गत वर्ष असार मसान्त सकिनै लाग्दा हजारमा पाडा खरिद गरेको थियो । सम्भाव्यता अध्ययन नै नगरी तराईको जिल्ला कपिलवस्तुबाट ल्याइएका पाडा क्रमैसँग मरेर सकिएको छ । वडा नम्बर ११ र १२ का दुई जना कृषकलाई तामझामका साथ भव्य कार्यक्रमको आयोजना गरी नगर प्रमुख खिलध्वज पन्थीले हस्तान्तरण गरेका पाडाहरु सबै मरेर सकिएका हुन् ।
कृषकले पाल्न थालेको तीन महिनादेखि पाडा मर्ने क्रम नरोकिँदा ९ महिना भित्रै गोड रित्तिएको थियो । यद्यपी लामो समयसम्म आलोचना खेप्नुपर्ने डरले यो घटनालाई बाहिर ल्याइएको थिएन । वडा नम्बर १२ का कृषक नेत्रबहादुर बस्नेतको गोठ अहिले सुनसान छ । पाडा बाँधेर राख्ने २५ वटा दाम्ला रित्तो भएर बसेका छन् । उनका अनुसार नगरपालिकाले सबै वडामा ५० प्रतिशत अनुदानमा पाडा पालनका लागि आबेदन आव्हान गर्यो । तर आबेदन दिनेमा उनीसँगै वडा नम्बर ११ का तुलबहादुर बुचा मात्रै भए । यसरी दुई जनाको मात्रै आवेदन परेपछि नगरपालिकाले २५र२५ वटा पाडा उनीहरुलाई उपलब्ध गराएको थियो ।
पाडा ल्याउनुभन्दा पहिले नेत्रबहादुरसँगै आरुसी कृषि तथा पशुपन्छी फर्म सञ्चालन गरेका तुलबहादुरले गोठलाई सिमेन्टेड गरेर चिटिक्क पारे । नगरपालिकाले कपिलवस्तुबाट पाडा बोकेर ल्यायो अनित तामझामसहित उनीहरुलाई हस्तान्तरण गर्यो । पाडा मालेर मनग्य आम्दानी गर्ने सोचेका उनीहरुले २र३ महिनामै मर्न थालेपछि नगरपालिकाको पशु स्वास्थ्य शाखालाई जानकारी गराए । तर, पशु स्वास्थ्य शाखाले उनीहरुको समस्यालाई ठूलो समस्याका रुपमा लिएन ।
उनीहरुको बेवास्तासँगै पाडा मर्ने क्रम नरोएिपछि ९ महिना भित्रै सबै गोठ खाली भएर सुनसान भएको छ भने सरकारसँगै कृषकको लाखौं रकम स्वाह भएको छ ।पालिकाको पशु शाखाले चासो नदेखाएका कारण पाडा मर्दै गएपछि पालिकाले उपलब्ध गराउने ५० प्रतिशत बिमाको सिफारिस लिन उनीहरु पशु सेवा विज्ञ केन्द्रमा पुगे । त्यहाँ गएर नमूना परिक्षण गराउँदा पाडा मर्नुको कारण बल्ल पत्ता लाग्यो ती सबै पाडा टिभी रोग लागेर मरेका थिए । केन्द्र प्रमुख पशुचिकित्सक भरत काफ्लेले कृषकहरुले पनि उपचारको पाटोमा खासै नगरी बिमा रकमको सिफारिसमा केन्द्रित हुँदा ठूलो क्षति ब्यहोर्नु परेको हो ।
कृषकलाई पशु हस्तान्तरण पछि पनि नियमित नगरानी राख्नु पर्ने नगरपालिकाको पशु शाखाले बेवास्ता गरेको भन्दै आलोचना भएको छ । पशु शाखाका प्रमुख रुनाखर मरासिनीले पाडा खरिद गर्दा जिल्ला बाहिरबाट ल्याउनु गलत भयो कि भनेर स्वीकार गर्छन् ।ती पाडाहरु २० लाख बढी रकममा कपिलवस्तुको यादव अर्डर जनरल सप्लायर्सबाट प्रती पाडा ५० हजारका दरले खरिद गरेर ल्याइएको थियो । टेन्डर आव्हान गर्ने लगायतको निर्णय २०७८ चैत्र १४ गते तत्कालीन प्रमुख प्रशासकिय अधिकृत भक्तिराम मरासिनीको अध्यक्षतामा बसेको बैठकले गरेको थियो । सोही निर्णयलाई आफूहरुले कार्यान्वयन गरेको नगर प्रमुख पन्थीले बताउँछन् ।
यसरी तराइका पाडाहरु खरीद नगरौ स्थानीय खरिद गरेर बाडौ भनेर सल्ला दिँदा त्यतिबेला सुनुवाई नभएको गुनासे गर्छन वडा नम्बर १३ खुम खत्री । घटना बारे नगर प्रमुख खिलध्वज पन्थीले अघिल्लो सरकारले गरेको निर्णय भन्दै आफूले हस्तान्तरणमा मात्रै सहभागी भएको प्रतिक्रिया दिए ।यो घटना मात्रै होइन जिल्लामा कृषि अनुदानका अन्य कार्यक्रमहरु समेत बालुवामा पानी हुने गरेको स्थानीयले गुनासो गरेका छन् । अनुदानमा हस्तान्तरण गरिएका कृषि औजारहरुसमे एक डेढ वर्षमै त्यत्तिकै थन्किने गरेको उनीहरु सुनाउछन् ।
प्रतिक्रिया