पार्वती पाण्डे
कपिलवस्तु १९ साउन । बाणगंगा २ पिपरा कपिलवस्तु निवासी, पुर्व कपिलवस्तु उद्योग वाणिंज्य संघका अध्यक्ष , कमन नेपालका सञ्चालक , घरेलु तथा साना उद्योग महासंघका पुर्व कोषाध्यक्ष र कपिलवस्तु सचार सहकारीको सस्थापक कोषाध्यक्ष समेत रहनु भएका सामाजिक व्यक्तित्व शंकर आचार्यको ६७ वर्षको उमेरमा विहिवार काठमाण्डौमा असामयिक निधन भएको छ । उहाँ लामो समय देखि घाटीको रोगबाट पिडित हनुहुन्थ्यो । स्वर्गिय आचार्यका श्रीमती , एक छोरी र छोरा गरि दुई सन्तान हुनुहुन्छ । समाजसेवी आचार्यको निधन प्रति कमन नेपालका प्रबन्धक लक्ष्मण बेल्बासेले गहिरो दुःख व्यक्त गर्नु भएको छ ।
स्वर्गिय आचार्यलाई हार्दिक श्रदासुमन व्यक्त गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना प्रकट गर्नु भएको छ । स्वर्गिय समाजसेवी आचार्यको योगदानलाई सदैव कदर गरिने उहाँले बताउनु भयो । घरेलु महासंघका केन्द्रीय सचिव भेषराज पाण्डेले पनि विज्ञप्ती मार्फत समवेद्ना प्रकट गर्नु भएको छ । पाण्डेद्धारा जारी विज्ञप्तीमा स्वर्गिय आचार्यको निधनले महासंघ स्तब्ध भएको जनाइएको छ । यस्तै उद्योग वाणिंज्य संघका पुर्व अध्यक्ष उमानाथ पौडेलले शोक विज्ञप्ती जारी गर्नु भएको छ । सामाजिक व्यक्तित्वको निधनले आफुहरु स्तब्ध भएको जनाउनु भएको छ । उहा कपिलवस्तु संचार सहकारीका सस्थापक कोषध्यक्ष समेत हुनु हुन्थ्यो । संचार सहकारीका अध्यक्ष मित्रलाल शर्माले शोक बक्तब्य जारी गर्नु भएको हो ।
तस्विर ः
प्रतिक्रिया