दाङ २० साउन । राजनैतिक हस्तक्षेपवाट गरिएको गैरकानुनी नियुक्ति खारेजीको माग गर्दै प्रदेश राजधानी दाङ स्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा संघर्ष शुरु भएको छ ।सचेत नागरिक दाङले शुक्रबार प्रतिष्ठानका शिक्षाध्यक्ष डा। वसन्त लामिछाने, रजिस्ट्रार प्रकाश थापा, डेपुटी रजिस्ट्रार झन्कार लामिछाने र प्रशासन शाखाका मेनेजर राजेन्द्रप्रसाद न्यौपानेको नियुक्ति गैरकानुनी भएको भन्दै प्रतिष्ठान अगाडि बिरोध प्रदर्शन गरेको हो ।
उनीहरुले गौरकानुनी रुपमा गरिएको नियुक्ति खारेजीको माग गरे । यसअघि राष्ट्रिय सतर्कता केन्द्रले प्रतिष्ठानमा पदाधिकारी नियुक्ति नै गैरकानुनी भएको ठहर गरेको थियो ।उनीहरुले प्रतिष्ठानमा अनियमितता भएको भन्दै त्यसको विरुद्धमा पनि बिरोध प्रदर्शन गरेका हुन् । ‘प्रतिष्ठानमा धेरै भयो लापर्वाही कहिले हुन्छ कार्वाही’, प्रतिष्ठानको भ्रष्टाचार हेरिदेउ न सरकार, प्रतिष्ठानमा राजनीतिक हस्तक्षेप बन्द गर लगायतका प्ले कार्ड प्रदर्शन गरेका थिए ।
२० श्रावण २०८०, शनिबार
प्रतिक्रिया