खोज–अनुसन्धान

माओवादीको केन्द्रिय समितीमा थपिए यी २२ महिला नेतृ




कपिलवस्तु २० साउन । सत्तारूढ दल नेकपा (माओवादी केन्द्र) ले केन्द्रीय कमिटीमा २२ जना महिला थप गरेको छ । केन्द्रीय कमिटीमा ३५ प्रतिशत महिला हुनैपर्ने विधानअनुसार उसले २२ जना महिला सदस्य थप गरेको हो । यससँगै माओवादी केन्द्रको केन्द्रीय कमिटि ४०७ सदस्यीय बनेको छ ।थपिने सदस्यहरूमा आङदावा शेर्पा, इन्दिरा अधिकारी, उमा कपाली, उर्मिला विक, गंगा खड्का, गिताकुमारी कँडेल चौलागाईं, गिता शाही र छमकुमारी खनाल छन् ।
यस्तै, दिलमाया बूढामगर, नीरमाया श्रीस, नीशा न्यौपाने, पार्वती थापा, भगवती तिवारी, मोतिकला चलाउने, लालकुमारी पुन, लिला शर्मा, सपना परियार पनि केन्द्रीय कमिटीमा थपिएका छन्। सीता दाहाल, सुशिला घिमिरे, सुशीला पौडल, सूर्यकुमारी विक र शरू चौधरी छन् ।गत बुधबारदेखि सुरू भएको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पेस गर्ने सांगठनिक प्रतिवेदनमा ३५ प्रतिशत महिला पुर्‍याउन २२ जना थप्ने प्रस्ताव गरिएको थियो ।

प्रकाशित : २० श्रावण २०८०, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६