देश

राष्ट्रिय हितका विषयमा सरकारसँग मिलेर जान तयार छौँः ओली



काठमाडौं, २० साउन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय हितका सवालमा सरकारसँग सहकार्य गर्न तयार रहेको बताएका छन् । नेपाल र नेपालीको आवश्यकता, राष्ट्रिय हितका लागि सरकार, अन्य जुनसुकै दलले ल्याएका कुराहरूलाई आफ्नो पार्टीको समर्थन रहने उनले बताए ।

सरकारले मनपरी गर्दै जाने र देशको अहित हुने निर्णय, सन्धि सम्झौता गर्ने विषयलाई भने आफूले समर्थन नगर्ने उनले बताए ।
सरकारले छिमेकी देशहरूसँग गर्ने सहमति सम्झौताका विषयमा सबैले थाहा पाउनुपर्ने भए पनि त्यो परम्परा नभएका उनको भनाइ थियो ।

नेपालको परराष्ट्र नीति सम्बन्धी अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणका समयमा राष्ट्रहित भन्दा पनि सत्ता स्वार्थका लागि मात्रै सम्झौता सहमतिहरू भएको आरोप लगाए ।

इपीजी प्रतिवेदन, भारतले विवादीत बनाउन खोजेको सीमाक्षेत्रका विषयमा कुरा उठाएर समाधानका लागि पहल गर्नुपर्नेमा त्यसो हुन नसकेको उनको भनाइ थियो ।

प्रकाशित : २० श्रावण २०८०, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६