खोज–अनुसन्धान

रित्तियो सिन्धुपाल्चोक : नेकपा एसका जिल्ला इन्चार्ज सहित सबै तहका नेता एमालेमा फर्किए




चौतारा २० साउन । नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य तथा सिन्धुपाल्चोक जिल्ला इन्चार्ज सुवास कर्माचार्य एक सयभन्दा जिल्ला तथा पालिकास्तरीय नेता कार्यकर्तासहित एमालेमा फर्किएका छन् ।शनिवार चौतारामा आयोजित भेलामा कर्माचार्यलाई एमाले महासचिव शंकर पोखरेल, सल्लाहकार परिषद् सभापति अमृत बोहरा, अनुशासन आयोगका अध्यक्ष केशव बडाल, बागमती प्रदेश इन्चार्ज गुरु बराल, जिल्ला इन्चार्ज गोकुल बास्कोटा, नेता शेरबहादुर तामाङलगायतले पार्टीमा स्वगत गरे।
सोही कार्यक्रममा नेकपा एसका केन्द्रीय परिषद् सदस्य उपेन्द्र तामाङ, प्रदेश कमिटी सदस्यहरू शिवराम भट्टराई, ईश्वरी श्रेष्ठ, धननाथ पराजुली, जिल्ला उपाध्यक्ष छिरिङ ग्याल्वो लामा, सचिव दीपक नेपाल, उपसचिव रविकुमार भण्डारीसहित एमालेमा प्रवेश गरेका हुन् ।माधव नेपालले पार्टी विभाजनको औचित्य पुष्टि गर्न नसकेकाले आफू एमालेमै फर्किएको कर्माचार्यले बताए ।ओलीले पार्टी पुनः एकताका लागि प्रचण्डलाई प्रधानमन्त्री र माधव नेपाललाई राष्ट्रपति अफर गर्दा पनि उनीहरू कांग्रेससँग लागेकाले कम्युनिस्ट आन्दोलन जोगाउन एमाले बलियो बनाउनुपर्ने निष्कर्षसहित ठूलो पंक्ति एमाले फर्किन लागेको उनले दाबी गरे ।

प्रकाशित : २० श्रावण २०८०, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६