कृषि

यूवाका ढुकढुकी बस्नेत भोली कपिलवस्तु आउदै




कपिलवस्तु २० साउन । नेपाली यूवामाझ अधिक लोकप्रिय एमालेका यूवा नेता महेश बस्नेत अगुवा यूवा कार्यकर्तालाई प्रशिक्षीत गर्न कपिलवस्तु आउदैहुनुहुन्छ । पुर्व मन्त्री एवम नेकपा एमालेका पोलिटब्युरो सदस्य तथा राष्ट्रिय युवा संघ नेपालका ईन्चार्ज महेश बस्नेत आइतवार कपिलवस्तु आउनुहुने भएको हो । राष्ट्रिय युवा संघ नेपाल जिल्ला अधिवेशन आयोजक कमिटी कपिलवस्तुले यहि साउन २१ गते आयोजना गरेको प्रथम बैठक, अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रममा बस्नेत सहित केन्द्र र प्रदेशको जम्बो टोली आउने भएको हो ।
युवा नेता बस्नेत सहित राष्ट्रिय युवा संघ नेपालका निवर्तमान अध्यक्ष किरण पौडेल, अध्यक्ष क्षितिज थेवे, उपाध्यक्ष तथा लुम्बिनी प्रदेश उत्प्रेरक अमित लामा, महासचिव सुमन पुरि, सचिव खेम शर्मा, प्रदेश संयोजक प्रितम पौडेल सहितको टोली आउने राष्ट्रिय युवा संघ नेपाल जिल्ला अधिवेशन कमिटी कपिलवस्तुका संयोजक कमल क्षेत्रीले जानकारी दिनुभयो ।कपिलवस्तु जिल्लामा राष्ट्रिय युवा संघ नेपाल केन्द्रको जम्बो टोलि पहिलो पटक आउन लागेको जिल्ला संयोजक क्षेत्रीले बताउनुभयो ।उहाँले साउन २१ गते पिस हिमालय रिसोर्टमा कार्यक्रम आयोजना गरिएकाले उपस्थितीका लागि अनुरोध गर्नुभएको छ ।कार्यक्रमको सम्पुर्ण तयारी सकिएको संयोजक क्षेत्रीले बताउनुभयो ।

प्रकाशित : २० श्रावण २०८०, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६