खोज–अनुसन्धान

दाहालमाथि उत्तराधिकारी खोज्न र अबकास नीति बनाउन जनार्जन र बर्षमानको दवाव




काठमाडौ २० साउन ।नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालमाथि पार्टीमा उत्तराधिकारी तयार पार्न दबाब बढेको छ। जारी केन्द्रीय समितिको बैठकमा उपमहासचिवद्वय वर्षमान पुन र जनार्दन शर्माले उत्तराधिकारी तयार गरेर अगाडि बढ्न दबाब दिएका हुन्।काठमाडौंको प्रज्ञा भवनमा जारी केन्द्रीय समिति बैठकको चौथो दिन शनिबार पुन र शर्मा दुवैले देव गुरुङलाई महासचिव बनाइएकामा असन्तुष्टि जनाए। माओवादी केन्द्रमा पुन र शर्मा महासचिवको दौडमा रहेकामा पार्टी अध्यक्ष दाहालले एक वर्षअघि देव गुरुङलाई महासचिव बनाएका थिए। दाहालले अहिले पार्टीमा नेत्रविक्रम चन्दलाई भित्र्याउन खोजेपछि पुन र शर्मा आफूहरुलाई किनारामा पार्न खोजिएको त होइन भनी सशंकित छन्।
उपमहासचिव पुनले पार्टीमा कसैले पनि अध्यक्षको विकल्प नखोजेको उल्लेख गर्दै अध्यक्षलाई सम्पूर्णरूपले सहयोग गर्न आफू तयार रहेको बताए। ‘अहिलेको समस्या विचारभन्दा विधिको हो। यसलाई विधान सम्मेलनबाट हल गरौँ र उत्तराधिकारी तयार पार्ने विधिमा जाऔँ’, उनले भने।उनले सरकारले थालेको भ्रष्टाचारविरोधी अभियानले जनतामा उत्साह पैदा गरेको भन्दै पार्टीले साथ दिनुपर्नेमा जोड दिए। ‘अध्यक्ष कमरेडको अभियानमा हाम्रो दह्रो साथ छ,’ उनले भने, ‘कुनै पनि हालतमा यो अभियान रोकिनु हुँदैन। छानबिन गर्दा पार्टीकै नेता परे पनि सजाय भोग्न तयार हुनुपर्छ।’बैठकमा अर्का उपमहासचिव जनार्दन शर्माले अध्यक्ष दाहाललाई आफूले जस्तोसुकै संकटमा साथ दिंदै आएपनि साथ नदिएको भनी प्रचार हुँदा चित्त दुखेको गुनासो गरे। उनले आँखा जुधाएर कुरा गरेकै कारण असहयोग गर्‍यो भनेर प्रचार गरिएको भन्दै असन्तुष्टि जनाए। ‘अध्यक्ष कमरेडले भन्नुपर्‍यो, कुन चाहिँ अप्ठ्यारो मोडमा मेरो साथ पाउनुभएन रु’ उनले प्रश्न गरे।
उपमहासचिव शर्माले महासचिव चयनको बेलाको प्रसंग निकाल्दै अध्यक्ष दाहालमाथि पार्टी नेताहरुबीच खेल्ने गरेको आरोप समेत लगाए। उनले एक वर्षअघि आफू र पुनले जसलाई महासचिव बनाए पनि हुन्छ भनेको उल्लेख गर्दै दाहालसँग सोधे, ‘तेस्रो व्यक्तिलाई किन महासचिव बनाइयो?उनले ‘पार्टीमा विज्ञापन खुल्ने तर परीक्षा नहुने, भर्ती हुने तर अवकाश नहुने परिस्थिति विद्यमान छ’ भन्दै उत्तराधिकारी विकास गर्नुपर्नेमा जोड दिए। उनले भने, ‘पार्टीलाई विधिसम्मत चलाउन विधान नमिच्ने संकल्प गरौं। नेतृत्व चयनका लागि मनोनयनको सट्टा निर्वाचन प्रक्रियामा जार्नुपर्छ।’बैठकमा बोलेका धेरै केन्द्रीय सदस्यले नेतृत्वको कार्यशैलीको विरोध गर्दै आफूहरु भूमिकाविहीन भएको गुनासो गरेका छन्। १७ गते सुरु भएको बैठकमा केन्द्रीय सदस्यहरुले बोल्ने क्रम सकिएको छैन।

प्रकाशित : २० श्रावण २०८०, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६