देश

माओवादीको ३ महिने अभियानमा एक घर पनि नछाडी जान प्रचण्डको निर्देशन



काठमाण्डौ, २१ साउन । नेकपा माओवादी केन्द्रले तीन महिने पार्टी रूपान्तरण अभियान सञ्चालन गर्ने भएको छ । माओवादी केन्द्रको केन्द्रीय कमिटीको बैठकले ‘जनतासँग माओवादी विशेष रूपान्तरण अभियान’ निर्णय गरेको हो ।

भदौ १६ देखि मङ्सिर १५ गतेसम्म सञ्चालन हुने अभियानमा माओवादीका सबै नेता नागरिकको घरघरमा परिचालन हुने पार्टीले जनाएको छ । अभियानअन्तर्गत अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सात वटै प्रदेशका सात वटा वडामा गएर नागरिकसँग प्रत्यक्ष साक्षात्कार गर्ने योजना छ ।

बैठकमा अध्यक्ष प्रचण्डले एउटा पनि घर नछाडिकन अभियानमा जुट्न नेता कार्यकर्तालाई निर्देशन दिनुभएको छ । अरू पार्टीका नेता कार्यकर्ताको घरमा गएर पनि माओवादीको भ्रष्टाचार विरोधी र विकासको अभियानबारे बुझाउन पनि प्रचण्डको निर्देशन छ ।

यस्तै प्रचण्डले आफूहरूविरुद्ध घेराबन्दी भइरहेको पनि दाबी गर्नुभएको छ । नेतृत्वविरुद्ध मुद्दा लगाउन खोजेकै कारण तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्ध महाअभियोग दर्ता गर्नु परेको उहाँको भनाइ थियो । अहिले पनि पार्टीका नेताहरूलाई जेल हाल्ने विषय उठ्नु गम्भीर विषय भएकाले सचेत रहन उहाँले निर्देशन दिनुभयो ।

प्रकाशित : २१ श्रावण २०८०, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६