देश

सल्यानः घाँस काट्न गएकी महिलाको घाँटी रेटिएको अवस्थामा शव फेला



सल्यान, २१ साउन । सल्यानमा एक महिलाको घाँटी रेटेर हत्या गरेको अवस्थामा शव फेला परेको छ। जिल्लाको शारदा नगरपालिका १४ माल्नेटा ढारखानी निवासी अन्दाजी ४७ वर्षकी प्रमिला गिरीको आइतबार बिहान गाउँनजिकै शव फेला परेको हो।

बिहानै घरबाट घाँस काट्न बारीमा पुगेकी महिला घर नआएपछि परिवारले खोजीकार्य गर्दा बारीमा मृत अवस्थामा भेटिएकी हुन्।

घटनाको प्रारम्भिक शव हेर्दा घाँटी काटिएको जस्तो देखिएको स्थानीयबासीले बताएका छन्। घटनास्थलमा जिल्ला प्रहरी कार्यालय सल्यानको टोली पुगी अनुसन्धान गरि रहेको छ।

प्रकाशित : २१ श्रावण २०८०, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६