प्रदेश

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा युरोलोजी सेवा सुरु



दाङ, २१ साउन । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा युरोलोजी सेवा सुरु गरिएको छ । युरोलोजिष्ट सर्जन डा प्रबोध रेग्मीले सो सेवा दिने प्रतिष्ठानका डेपुटी रजिस्ट्रार झंकार लामिछानेले जानकारी दिए ।

युरोलोजी सेवाअन्तर्गत पिसाबसम्बन्धी सबै, प्रोष्टेड र मिर्गौलामा भएको पत्थरी, पिसाबको नली, पित्तथैलीको पत्थरी, अण्डकोषमा मासु पलाएको, सुन्निएको, पिसाब पोल्ने, चुहिने लगायतका विभिन्न सेवा बिरामीले प्राप्त गर्नसक्ने छन् ।

अस्पतालका निमित्त निर्देशक तथा ज्येष्ठ नागरिक रोग विशेषज्ञ डा रमेश कँडेलका अनुसार युरोलोजी सेवा थप भएको जनाउँदै अब बिरामीले स्थानीयस्तरमै सहजरुपमा विशेषज्ञ सेवा प्राप्त गर्न सक्नेछन् । युरोलोजिष्ट चिकित्सक रेग्मी आजदेखि सो अस्पतालमा हाजिर भइसकेका छन् ।

डा रेग्मी लामो समयदेखि युरोलोजी सेवा दिएको अनुभवी चिकित्सक हुन् । डा रेग्मीलाई प्रतिष्ठानका शिक्षाध्यक्ष डा वसन्त लामिछाने, अस्पतालका निमित्त निर्देशक डा कँडेल, सहायक निर्देशक डा एन्जिलिका कार्की, अस्पताल प्रशासक लामिछानेसहित चिकित्सक र कर्मचारीले आइतबार एक कार्यक्रबीच स्वागत गरेका हुन् । त्यस्तै एमजिडिपिमा प्रोफेसर डा नारायणसिंह गुरुङ र सर्जरीमा एशोसियट प्रोफेसर डा सूर्यमान गुरुङले पनि सेवा सुरु गरेका छन् ।

प्रकाशित : २१ श्रावण २०८०, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६