प्रदेश

प्रदेश सरकारका १०० दिन पुरा: १५० किमि कालोपत्रे



 दाङ २१ साउन । लुम्बिनी प्रदेश सरकारले गठन भएको एक सय दिन पुरा भएको छ । सरकार गठनको सय दिनको अवसरमा प्रदेश सरकारले आज आइतबार पत्रकार सम्मेलन गरी एक सय दिनको उपलब्धि सार्वजनिक गरेको छ ।

प्रदेश सरकारले एक सय दिनको अबधिमा ७२ प्रतिशत बित्तिय प्रगति भएको दाबी गरेको छ । त्यस्तै सरकारले सय दिनको अबधीमा भौतिक प्रगति तर्फ १ सय ७५ कि।मी।सडक कालोपत्रे, ग्राभेल कच्ची सड़क १ सय ५० कि।मी।, १० कि।मी। नयाँ सडक विस्तार, कल्भर्टरकजवे १ सय १२ कि।मी।, ४ सय ३५ वटा पक्की नाली निर्माण, ढलान सडक १ सय २४ कि।मी। र १४ कि।मी। सडक पुल सम्पन्न भएको सरकारका प्रवक्ता तथा गृहमन्त्री सन्तोषकुमार पाण्डेले बताए । त्यस्तै सरकारका प्रबक्ता तथा गृहमन्त्रीले पाण्डेले प्रस्तुत गर्नु भएको एक सय दिनको उपलब्धी प्रतिवेदनमा लम्पी स्किन रोगको रोकथामका लागि स्थानीय तह समेतको सहकार्यमा हालसम्म ४४ हजार पशुहरुमा खोप र १ लाख १६ हजार पशुहरुको उपचार गरिएको तथा थप १ लाख ५० हजारलाई खोप र ६५ हजारलाई उपचार गर्ने व्यवस्था मिलाइएको, संघीय सरकारबाट प्राप्त हुने अनुदानको रासायनिक मललाई समयमै कृषकहरु माझ पुर्याउन प्रदेश तहबाट वितरण प्रकृयालाई सरलीकृत गरिएको उल्लेख गरिएको छ ।
त्यस्तै प्रतिवेदनमा आर्थिक वर्ष २०७८र०७९ मा संघीय सशर्त कार्यक्रम तर्फको आर्थिक दायित्व श्रृजना भई कृषकहरुलाई भुक्तानी दिन बाँकी रहेको रकम प्रदेश श्रोतबाटै रु। १ करोड ९५ लाख ९९ हजार भुक्तानी गरिएको, भूमिहिन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको व्यवस्थापनका लागि स्थानीय तह ९बुटवल उ।म।न।पा, राप्ती गाउँपालिका, सरावल गाउँपालिका० लाई प्राविधिक सहयोग गरिएको, ठूला उद्योगले सृजना गरेको रोजगारीको अवस्था विश्लेषण गरी प्रतिवेदन तयार भएको र प्रदेश योजना अनुगमन प्रणालीको सफ्टवेयर तयार भएको उल्लेख गरिएको छ ।
वैशाख १४ गते प्रदेश सभामा रहेका १० मध्ये ८ दलको सहभागितामा कांग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरी मुख्यमन्त्री बनेका थिए । ८७ सदस्यीय प्रदेश सभामा कांग्रेस, माओवादी, नागरिक उन्मुक्ति, जसपा, लोसपा, नेकपा एस, जनमोर्चा र स्वतन्त्र सांसद गरी ५३ जनाको समर्थन रहेको छ । नेकपा एमालेका २९ र राप्रपाका ४ सांसद प्रतिपक्षमा छन् ।
मुख्यमन्त्री चौधरीले गठबन्धन र खास गरी पार्टीभित्रको विवाद मिलाउन नसकेका कारण अहिलेसम्म सरकारलाई पूणर्ता दिन सकेका छैनन् । अहिलेसम्म ७ जनाको मन्त्रिपरिषद् रहेको छ ।

प्रकाशित : २२ श्रावण २०८०, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६