कपिलवस्तु, २३ साउन ।
कपिलवस्तुका विद्यार्थी नेता टिआर पाण्डे र माधव पौडेल नेपाल विदयार्थी संघको केन्द्रिय सदस्यमा मनोनित भएका छन् । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले दुजाङ शेर्पाको अध्यक्षतामा गठित नेपाल विद्यार्थी संघ केन्द्रीय तदर्थ कार्यसमितिको सदस्यमा सोमबार बिभिन्न व्यक्तिहरुलाई मनोनयन गर्ने क्रममा उनिहरु पनि परेका हुन् । सभापति देउवाले ७७ वटै जिल्लाको प्रतिनिधित्व हुनेगरी ७१० केन्द्रिय सदस्य मनोनयन गरेका थिए ।
पाण्डे नेविसंघको निर्वाचित क्षेत्रीय प्रतिनिधि थिए । पाण्डे जिल्लामा सफल व्यवसायीका रुपमा चिनिन्छन् । व्यवसायी भए पनि संगठनमा उनको सक्रियता थियो । यस्तै माधव पौडेल नेविसंघका जिल्ला नेता हुन । उनीहरुसंगै संदिप यादव, कृष्ण गिरी, दिपेन्द्र रेग्मी, मञ्जु विश्वकर्मा, कृष्ण आचार्य र शिखर प्रसाद आचार्य पनि मनोनयनमा परेका छन् ।
त्यहि सक्रियताको आधार र पार्टीलाई दिएको योगदानको कदर गर्दै आफूलाई केन्द्रिय सदस्यमा मनोनयन गरिएको हुन सक्ने उनले बताए । मनोनयनपछि पार्टीले दिएको जिम्मेवारी कुशलतापूर्वक पुरा गर्ने उनिहरुको भनाई छ ।








प्रतिक्रिया