देश

सल्यानमा लाठीले हानेर आमाको हत्या



सल्यान, २३ साउन । सल्यानमा एक व्यक्तिले आफ्नै आमाको हत्या गरेका छन् । जिल्लाको शारदा नगरपालिका वडा नम्बर १३ माथिल्लो सल्यानचौरमा मंगलबार विहानै लाठीले हानेर छोराले आमाको हत्या गरेका हुन् । दल बहादुर भण्डारीको छोरा २३ बर्षिय नवीन भण्डारीले ४८ बर्षिय आमा शारदा भण्डारीलाई टाउकोमा लाठी प्रहार गर्दा उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

आमाबुवा सुतिरहेको कोठामा प्रवेश गरेर विहान ४ बजेतिर नबिनले आफ्नै आमाको हत्या गरेको पाइएको प्रहरी निरीक्षक गोपाल प्रसाद श्रेष्ठले जानकारी दिएका छन् । घटनाबारे स्थानीयले जानकारी गराएपछी अहिले प्रहरी घटनास्थल पुगेर आमाको हत्या गर्ने नविनलाइ नियन्त्रणमा लिइ घटनास्थललाई सुरक्षित राखिएको उनले बताए ।

थप अनुसन्धानको लागी जिल्ला प्रहरी कार्यालय सल्यानबाट प्रनि सन्तोष खनालको कमाण्डमा ५ जनाको प्रहरी टोली खटाइएको छ । लाठी प्रहार गरेर आमाको हत्या गर्ने नवीन मानसिक रुपमा समस्याग्रस्त रहेको स्थानियले बताएको वडा अध्यक्ष सुरेन्द्र बुढाले जानकारी दिए ।

प्रकाशित : २३ श्रावण २०८०, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६