प्रदेश

रोल्पामा बस दुर्घटना हुँदा ४ जनाको मृत्यु



रोल्पा, २३ साउन । रोल्पामा बस दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ भने १८ जना घाइते भएका छन् ।
रोल्पाको परिवर्तन गाउँपालिका वाग्माराबाट दाङको घोराहीका लागि छुटेको ना ख २६१२ नम्बरको बस दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाका सूचना अधिकारी प्रकाश भुसालले जानकारी दिए ।

सूचना अधिकरी भुसालका अनुसार मृत्यु हुनेमा रोल्पाको माडी गाउँपालिका २ बस्‍ने २१ वर्षीय प्रकाश बाँठा, माडी गाउँपालिका ४ का ५० वर्षीय गोर्खे डाँगी र उनकी ५० वर्षीया श्रीमती हस्त डाँगी तथा परिवर्तन गाउँपालिका ३ का ४६ वर्षीय भक्तबहादुर विक रहेका छन् ।

यस्तै बस दुर्घटनामा घाइते भएकाहरूको उपचारका लागि दाङ पठाइएको सूचना अधिकरी भुसालले बताए ।
बस त्रिवेणी गाउँपालिका ७ तिला रिचि गाउँ भन्ने ठाउँमा दुर्घटना भएको थियो । सडकदेखि करिब १५० मिटर तल खसेको उक्त बसमा १९ जना यात्रु सवार रहेको प्रहरीको भनाइ छ ।

प्रकाशित : २३ श्रावण २०८०, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६