खोज–अनुसन्धान

रुपन्देहीमा ६ सय ३३ वटा बलात्कार र यौन हिंसाविरुद्धका मुद्दा




बुटवल २४ साउन । रुपन्देहीमा ८ वर्षयता बलात्कार तथा यौन हिंसाविरुद्ध ६ सय ३३ वटा उजुरी परेका छन् । जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा ८ वर्षमा ६ सय ३३ वटा बलात्कार तथा यौन हिंसाविरुद्धका उजुरी दर्ता भएको महिला बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रकी प्रमुख प्रहरी निरीक्षक सविता जीसीले जानकारी दिइन् । तीमध्ये ४ सय ५३ वटा जबरजस्ती करणी र १ सय ८० वटा जबरजस्ती करणी गर्ने आशयले यौन दुर्व्यवहार भएका उजुरी दर्ता भएको उनले बताइन् ।बलात्कार तथा यौन हिंसामा पर्ने धेरै नाबालिग छन् ।

उनीहरूमध्ये अधिकांशलाई आफन्त, घरपरिवार र छिमेकीबाट बलात्कार तथा यौन हिंसा भएको पाइएको छ । पछिल्लो समय नाबालिगमाथि जबरजस्ती करणी भएका उजुरीसमेत बढिरहेको जीसीले बताइन् ।बालिकालाई फकाउन वा धम्क्याउन सजिलो हुने भएकाले उनीहरूमाथि धेरै यौन हिंसा र बलात्कारका घटना हुने प्रहरीको भनाइ छ । सबैभन्दा धेरै ८० वटा बलात्कारका मुद्दा आर्थिक वर्ष २०७७÷०७८ मा दर्ता भएका थिए ।

प्रकाशित : २४ श्रावण २०८०, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६