अर्थ-वाणिज्य

प्राचिन इनारको निरीक्षणपछि लुम्बिनी विकास कोषले गर्ने उत्खनन




भैरहवा २४ साउन । लुम्बिनी विकास कोषले बुद्धजन्मस्थल लुम्बिनीबाट ७ किमि दक्षिण निपनिया दानव नदी किनारमा देखिएको कुषाणकालीन माटोद्वारा निर्मित इनारको उद्धार उत्खनन गर्ने भएको छ । कोषका सदस्य सचिव सानुराजा शाक्यको नेतृत्वमा निपयिन स्थित दानव नदी क्षेत्रको स्थलगत निरीक्षणपछि नदीकिनारमा रहेको कुषाणकालीन माटोको इनारलाई उद्धार उत्खनन गर्ने भएको हो ।रुपन्देहीको लुम्बिनी सांस्कृतीक नगरपालिका वडा न. १२ मा पर्ने अमहवा गाउँ नजिकै रहेको निपनियामा दानव नदीको कटानले प्राचिन इनार, कुवा, माटाका भाडाहरु बगाउन थालेको भन्दै स्थानीयहरुले खबर गरेका थिए।

लुम्बिनी विकास कोषको कार्यक्षेत्रमा नपरे पनि अमरहवा गाउँ नजिकैको निपनिया क्षेत्रमा पुरातात्विक भग्नावशेषहरु भेटिएकाले स्थलगत रुपमा निरीक्षण गरेको सदस्य सचिव सानुराजा शाक्यले बताए ।उनले दानव नदीको कटानले इनार (रिंग) हरु बगाएर भारततर्फ लगेको देखिएकाले अहिले नदीको कनिारमा अवस्थित इनारलाई उद्धार उत्खनन गरि लुम्बिनी संग्रालयमा लैजाने तयारीमा जुटेको बताए । स्थलगत निरीक्षणपछि कोषका पुरातात्व विभागका प्रमुख हिमाल कुमार उप्रेतीले निपनियामा बर्सेनि पुरातात्विक इनार र अन्य महत्वपूर्ण बस्तुहरु बग्दै गएकाले यसको संरक्षण गर्नुपर्ने बताए ।

प्रकाशित : २४ श्रावण २०८०, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६