ब्रेकिंग न्युज

सुशासन र विकास निमार्णका कामहरुलाई प्राथमिकताका साथ जनसमक्ष पस्किन नेता पोख्रेलको अनुरोध



कपिलवस्तु २४ साउन
सुशासन र विकास निमार्णका कामहरुलाई प्राथमिकताका साथ जनसमक्ष पस्किन सञ्चारकर्मीहरुलाई नेकपा एमालेका प्रदेश कमिटि सदस्य झविलाल पोख्रेलले अनुरोध गर्नु भएको छ । पुर्व जिल्ला अध्यक्ष समेत रहनु भएका नेता पोख्रेलले मुलुकमा भ्रष्टचार मौलाएको भन्दै भ्रष्टचार विरुद्ध पत्रकारले कलम चलाउनु पर्ने प्रष्ट्याउनु भयो । प्रचार तथा प्रकाशन विभागको वुधवार वनगाईमा भएको वैठकमा उहाँले यस्तो बताउनु भएको हो ।

गाउँठाउँमा भैरहेका विकास निमार्णका काम गुणस्तर भए नभएको निगरानी राखी पत्रकारले कमल चलाउनु पर्ने उहाँले धारणा राख्नु भएको थियो । कार्यक्रममा प्रचार तथा प्रकाशन विभागका प्रमुख लक्ष्मण बेल्बासेले पाटीले गरेका राम्रा कामहरु जनसमक्ष पस्किन पत्रकारलाई आग्रह गर्नु भयो । विभागले मंशिर सम्मको कार्ययोजना निमार्ण गरि जिम्मेवारी समेत प्रदान गरिएको प्रमुख बेल्बासेले बताउनु भयो । राष्ट्रको हितको लागि जिम्मेवार भएर कलम चलाउन पनि प्रमुख बेल्बासेले सबैमा आग्रह गर्नु भयो । विभागका उपप्रमुख पार्वती पाण्डेले पत्रकारहरुले आफुलाई अब्बल साबित गर्दै कुशल पत्रकारको रुपमा स्थापित गर्नु पर्नेमा जोड दिनु भयो । विभागले पत्रकारहरुको क्षमता अभिवृद्र्धि , संगठन निमार्ण , जनप्रतिनिधिहरुसँग अन्तरसंवाद लगायतका काम गर्ने उपप्रमुख पाण्डेले बताउनु भयो । उक्त कार्यक्रम विभागका सचिव निशा विश्वकर्माको सञ्चालनमा भएको थियो ।

प्रकाशित : २४ श्रावण २०८०, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६