देश

विद्युत् प्राधिकरणले एक वर्षमा १२ अर्ब ३३ करोड रुपैयाँ खुद नाफा कमायो, सर्वसाधारणलाई शेयर जारी गर्ने



काठमाण्डौ, २५ साउन । नेपाल विद्युत् प्राधिकरणले गएको आर्थिक वर्ष २०७९/८० मा १२ अर्ब ३३ करोड रुपैयाँ खुद नाफा कमाएको छ । आज बिहीवार प्राधिकरणमा भएको पत्रकार सम्मेलनमा कार्यकारी निर्देशक कुलमान घिसिङले गएको आर्थिक वर्षमा चुस्त व्यवस्थापनका कारण १२ अर्ब ३३ करोड रुपैयाँ नाफा कमाउन सफल भएको बताउनुभयो ।

प्राधिकरणले गएको आर्थिक वर्ष देशभित्रै बिजुली बिक्रीबाट ८९ अर्ब ७८ करोड रुपैयाँ बराबर आम्दानी गरेको छ भने भारतलाई बिजुली बेचेर १० अर्ब ५९ करोड रुपैयाँ आम्दानी गरेको छ । प्राधिकरणको कुल आम्दानी अघिल्लो आर्थिक वर्ष २०७८/७९ को तुलनामा १२ अर्ब रुपैयाँ बढी हो । आम्दानी बढे पनि खर्च बढ्दा गएको आर्थिक वर्षको नाफामा केही कमी आएको प्राधिकरणले जनाएको छ । आर्थिक वर्ष २०७८/७९ मा प्राधिकरणले १३ अर्ब ३७ करोड रुपैयाँ खुद नाफा कमाएको थियो ।

कार्यक्रममा कार्यकारी निर्देशक घिसिङले अब विद्युत् प्राधिकरणले सर्वसाधारणलाई शेयर जारी गर्ने जानकारी दिनुभयो । उहाँले प्रधिकरण ऐन २०४१ बमोजिम सर्वसाधारणमा शेयर जारी गर्ने फ्रक्रिया अघि बढाइएको बताउनुभयो । विद्युत् गुणस्तर सुधार, चुहावट नियन्त्रण तथा विद्युत् महसुल असुलीलगायतका कामलाई प्रभावकारी बनाउन काम भइरहेको उहाँको भनाइ छ ।

प्रकाशित : २५ श्रावण २०८०, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६