कृषि

सामुदायिक वन दिवसको अवसरमा सामूहिक वृक्षारोपण



पशुपति गिरी ।

बाणगंगा, २५ साउन ।
सामुदायिक वन दिवसको अवसरमा आज बाणगंगा नगरपालिका वडा नंं७मा रहेको फुलवारी सामुदायिक वन क्षेत्र भित्र सामूहिक वृक्षारोपण कार्यक्रम सम्पन्न गरिएको छ ।’’वनको दिगो व्यवस्थापन र सामुदायिक अधिकार ः समावेशी,सुशासन र हरित अर्थतन्त्र समृद्धिको आधार’’उत्पादन,रोजगार र समृद्धिका लागि सामुदायिक वन व्यवस्थापन’’ भन्ने मूल नाराका साथ सामुदायीक वन दिवस २०८० को अवसरमा सामुदायिक वन उपभोक्ता महासङ्घ,फुलवारी सामुदायिक वन उपभोक्ता समुह , ग्रिन फाउण्डेशन नेपालले संयुक्त रुपमा ‘वृक्षारोपण कार्यक्रम’ सम्पन्न गरेको हो । कार्यक्रममा वन क्षेत्रभित्र अमला,कागति, आँप, अम्बा लगायतका विरुवाहरू रोपिनुका साथै हुर्कदै गरेका विरुवाहरूको गोडमेल र झाडी सरसफाई समेत गरिएको सामुदायिक वन उपभोक्ता महासङ्घका जिल्ला अध्यक्ष जयलाल गिरीले बताए।

वनहरूको योगदानका कारण देशमा आमुल परिर्वतन आएको र “सबै सामुदमयीक वनमा महिलाहरुलाई आबद्ध गराउदै उनिहरूको नेतृत्व विकासका साथै आयआर्जनतर्फ अगाडि बढ्नुपर्नेमा महासङ्घका जिल्ला अध्यक्ष गिरीले भने । सामुदायीक वनले वन मात्र संरक्षण गरेर नहुने, आयमुलक हिसाबले जोड्दै रोजगारमुखी पनि बनाउने पनि उनको तर्क थियो ।फुलवारी सामुदायिक वनमा सम्पन्न भएको वृक्षारोपण कार्यक्रमा सामुदायिक वन उपभोक्ता महासङ्घका प्रदेश उपाध्याक्ष हुमनाथ भट्राई सामुदायिक वन स्थानीय महासंघका अध्यक्ष लेम बहादुर गुरुङ, सचिव, गिता रेग्मी , काेषाध्यक्ष मञ्जु महत्तरा लगायत विभिन्न संघ सस्थामा आवद्ध रहेका सामाजिक व्यक्तिहरुको उपस्थिती रहेको थियो भने उक्त कार्यक्रम ग्रिन फाउण्डेशन नेपालका कार्यक्रम संयोजक सियम विश्वर्कमाको सञ्चालनमा भएको थियो ।

प्रकाशित : २५ श्रावण २०८०, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६