कपिलवस्तु २५ साउन आदिवासी जनजाती महासंघ जिल्ला समन्वय परिषद कपिलबस्तुले पनि २९औं विश्व आदिवासी जनजाती दिवस मनाएकोे छ । पहिचान र अधिकार सुनिश्चितताको लागि आदिवासी आन्दोलनमा सहभागी बनौ, परम्परागत ज्ञान सिपको प्रवद्र्धन गर्दै पूख्र्यौली भूमि, भाषा र संस्कृतिको संरक्षण गर्रौ भन्ने मूल नाराका अन्तरक्रिया गर्दै मनाएको हो । आदिवासी जनजाती महासंघ जिल्ला समन्वय परिषद कपिलबस्तुका कार्यवाहाक अध्यक्ष लेम बहादुर गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा थारु कल्याणकारिणी सभाका केन्द्रिय सदस्य जन्जीर प्रसाद चौधरको प्रमुअ आतिथ्यतामा सम्पन्न भएको हो ।
कार्यक्रममा बाणगंगा नगरपालिका वडा नं. १ का वडा अध्यक्ष सन्जु सारु, वडा नंं ४ का वडा अध्यक्ष छवि रेश्मी मगर, थारु कल्याणकारिणी सभाका केन्द्रिय सदस्य भोजाराज थारु , नेपाल मगर सघंका केन्द्रिय सदस्य लक्ष्मि सारु चोपलाल राहुल मगर , मगर बौद्ध संघका केन्द्रीसि सदस्य कृष्ण ब. काउचा लगाएतको आतिथ्यता रहेको थियो । यस्तै कार्यक्रममा थाकसा, मगर सघं, नेवा सघं, तामान सघंका लगाएत आदिवासी जनजातीका जातिय घटकहरुको जिल्ला अध्यक्षहरु लगाएतको सहभागिता रहेको थियो । कार्यक्रम जिल्ला कोषाध्यक्ष अमृता तामाङको संचालन तथा नेवा संघका जिल्ला सदस्य चित्रलाल श्रेष्टकोस्वागतमा सम्पन्न भएको हो ।
प्रतिक्रिया