प्रदेश

बालुवाटार जग्गा प्रकरणमा आफू बयान दिन तयार छुः नेता भट्टराई




बुटवल, २६ साउन ।

नेपाल समाजवादी पार्टीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले अहिले चर्चामा ठूला काण्ड र अनियमितताको प्रकरणको उच्च स्तरीय निष्पक्ष संयन्त्र बनाएर छानबिन गर्नुपर्ने बताएका छन् । शुक्रवार बुटवलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेता भट्टराई पूर्वप्रधानमन्त्रीदेखि राष्ट्रपतिसम्म जोडिएका सबैको निष्पक्ष छानबिन गरी देशमा सुशासनको काम गर्नुपर्ने बताए ।

‘बालुवाटार जग्गा प्रकरणमा आफू बयान दिन तयार छु’ नेता भट्टराईले भने, ‘म लगायत उच्च स्तरीय सबै छानबिनमा मैले सहयोग गर्नेछु । ललिता निवास प्रकरण २०४७/०४८ देखि तन्कँदै आइरहेको रहेछ । मेरो पालामा आउँदा एउटा सानो निर्णय भएको रहेछ । त्यो मेरो व्यक्तिगत निर्णय थिएन । मन्त्रिपरिषदको निर्णय थियो । फेरि अहिले सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्रीसँग पनि बयान लिने जुन भनेको छ । त्यसको निम्ति म तयार छु ।’ भट्टराईले थपे, ‘मैले स्वागत पनि गरेको छु । मैले जानेको बुझेको कुरा बताउने छु । जहाँसम्म राज्यलाई नोक्सान पार्ने भ्रष्टाचार अनियमितता, कानून विपरीतका कुरा, लाभका कुरा छ । त्यहाँ त्यस्तो प्रकारको कुरा भएको पनि छैन । तर, छानबिन चाहिँ हुनुपर्छ ।’

हिजोका समितिका रिपोर्टहरू पनि थन्काएर नराखी कार्यान्वयन गर्नेपर्नेमा भट्टराईको जोड छ । संसदले पनि त्यो माग गर्नुपर्ने उनको भनाइ छ । म लगायत मेरो छानबिनबाट उच्च स्तरीय छानबिनको ढोका खुल्छ भने, म सबैभन्दा खुसी हुनेछ । त्यस अर्थमा पनि मैले छानबिनलाई स्वागत गरेको भट्टराईले स्पष्ट पारे । सरकार र संवैधानिक निकाय कसरी अघि बढ्छन्, त्यसमा आफ्नो पुरै साथ र सहयोग रहने भट्टराईको भनाइ छ । नेपालसहित विश्वमै अहिले समाजवादी धार उपयुक्त रहेकोले आफू त्यही पार्टी निर्माणमा जुटेको भट्टराईले बताए । अहिले आएको नयाँ पुस्ताले बुझने भास्य र कार्यक्रम सम्बोधन गर्ने गरी नयाँ ढंगको समाजवादी धार हुनुपर्छ भन्ने आफ्नो स्पष्ट धारण रहेको भट्टराईले बताए ।

आफ्नै विचारको आधार बनाएर शक्ति बनाएर जानुपर्छ भन्ने विगतबाट आफूले सिकेको बताए । लुम्बिनी विकास कोष जस्तो अन्तर्राष्ट्रिय रुपमा स्थापित संस्थामा विवाद पात्र नियुक्त गर्नु गलत रहेको अध्यक्ष भट्टराईले बताए ।

प्रकाशित : २६ श्रावण २०८०, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६