खोज–अनुसन्धान

साच्चै भ्रष्टाचार विरुद्ध हो भने लडाकु शिविर घोटालाको फाइल खोल्नोस : डा. भटराई




रुपन्देही २७ असार । पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टीका अध्यक्ष डा बाबुराम भट्टराईले देशको प्रमुख कार्यकारीमाथि नै प्रश्न उठेको समयमा उच्चस्तरीय र निष्पक्ष छानबिनका लागि आयोग गठन गर्न आवश्यक रहेको बताएका छन् । सबै भ्रष्टाचारसम्बन्धी मुद्दाहरुको छानबिनका लागि उच्चस्तरीय आयोग जरुरी रहेको उनको भनाइ थियो ।बुटवलमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा डा भट्टराईले आफू शक्तिमा हुँदा विपक्षीलाई तर्साउन सरकारले विषयहरु उछाल्ने तर आफ्ना कुराहरु लुकाउने गर्ने काम रोक्न पनि त्यो समितिले काम गर्न सक्नुपर्ने बताए ।भट्टराईले माओवादी लडाकु शिविर ९क्यान्टोन्मेन्ट०मा भएको घोटालाको पनि छानबिन हुनुपर्ने बताए । क्यान्टोन्मेन्टमा भएको घोटालादेखि विमान घोटालासम्म सबैको उच्चस्तरीय समितिबाट छानबिन हुनुपर्ने भट्टराईले बताए ।
विगतमा भट्टराईले लडाकु शिविरमा घोटाला भएको बताउने गरेको तर अहिले चुप लागेको भन्ने पत्रकारको प्रश्नमा उनले व्यक्ति हेरेर एउटा एउटा भन्दा पनि सबै भ्रष्टाचारको छानबिन गरी निष्कर्षमा पु¥याउनुपर्ने जवाफ दिएका थिए ।भ्रष्टाचार निर्मूल पार्न व्यक्ति व्यक्तिलाई मात्रै कारबाही गरेर नहुने बताउँदै उनले संरचनागत ढङ्गले नै अगाडि जानुपर्ने धारणा राखे ।‘अहिले प्रकारान्तरले छानबिनका कुरा आएका हुन् । उहाँहरु निल्नु न ओकल्नुमा हुनुहुन्छ, उहाँहरु नडराउनु भए हुन्थ्यो । म त भ्रष्टाचारका सबै फाइल खोल्नुपर्छ भन्ने पक्षमै छु
माथिदेखि नै अनुसन्धानलाई अघि बढाउनुपर्छ’, उनले भने ।उनले विगतमा बनाइएका आयोग जस्तो नभई बलियो र निष्पक्ष आयोग गठन गरी भ्रष्टाचारका सबै फाइलहरु खोल्नुपर्ने आफ्नो स्पष्ट धारणा रहेको बताए ।संसदमा नेकपा एमालेले उच्चस्तरीय छानबिन समिति गठनको माग गर्नु अधिकारको कुरा भएको नेता भट्टराईले उल्लेख गरे । एमालेको माग सैद्धान्तिक ढङ्गले ठीक भएको बताउँदै उनले भने, ‘सबैलाई छानबिन गर्नसक्ने हैसियत भएको आयोग भए हुन्थ्यो भन्ने हो ।’
ललिता निवास प्रकरणमा सर्वोच्च अदालतले आफूमाथि पनि छानबिन गर्नुपर्ने आदेशको विषयमा उनले त्यसका लागि आफू सहयोग गर्न तयार रहेको बताए ।‘मेरो पालामा थोरै एउटा सानो निर्णय भएको रहेछ, त्यो मेरो व्यक्तिगत कुरा थिएन, बयान दिन म तयार छु’, डा। भट्टराई भने, ‘उच्चस्तरीय छानबिनको ढोका खुल्छ भने सबैखाले सहयोग गर्न तयार नै छु ।’नयाँ राजनैतिक दलहरुप्रति इङ्गित गर्दै उनले स्पष्ट विचारविना वैकल्पिक शक्ति नबन्ने उल्लेख गरे । ‘ती शक्तिहरुबाट क्षणिक लाभ होला, दीर्घकालीन जाँदैन’ उनले भने ।पार्टीको प्रदेशस्तरीय प्रशिक्षण अभियान लिएर हिँडेका अध्यक्ष भट्टराईले संविधान जारीपछि माओवादी आन्दोलनको कार्यभार पूरा भएकाले आफू त्यसभन्दा पनि अघि बढेको बताए । मुलुकमा नयाँ र वैकल्पिक शक्तिको खाँचो औंल्याउँदै सोही अनुसार नेसपा अघि बढेको उनको दाबी थियो ।

प्रकाशित : २७ श्रावण २०८०, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६