प्रदेश

भैरहवाबाट काठमाडौ जादै गरेको गाडीबाट ३५ लाख नक्कली नोट बरामद



काठमाडौं, २७ साउन । प्रहरीले काठमाडौंको नागढुंगाबाट ३५ लाख रूपैयाँभन्दा बढी नक्कली नेपाली नोट बरामद गरेको छ ।
भैरहवाबाट जादै गरेको गाडीमा उक्त रकम बरामद भएको प्रहरीले जनाएको छ। उक्त रकम लिन आइपुगेका २ जनालाई नयाँ बसपार्कबाट पक्राउ गरिएको थियो।

घटनाको अनुसन्धानमा थप ७ जना पक्राउ परेका छन्। प्रहरीले भक्तपुरबाट पनि १५ लाख रूपैयाँभन्दा बढी नक्कली नेपाली नोट बरामद गरेको बुझिएको छ। पैसा छाप्न प्रयोग गरिएको मेसिन पनि बरामद भएको छ।

बिहीबार नागढुंगामा लु १ प ५ नम्बरको पर्यटक बस चेकजाँचको क्रममा चाउचाउको कार्टुनमा र्‍याप गरी डिकीमा राखिएको अवस्थामा १ हजार दरका तीन हजार ५७३ थान नक्कली नोट बरामद गरिएको काठमाडौं प्रहरी परिसरका एसपी कुमोध ढुंगेलले जानकारी दिए।

पक्राउ पर्नेमा सिन्धुपाल्चोक बलेफी गाउपालिका वडा ७ का ४० अर्जुन सुवेदी, २५ वर्ष सुशील कार्की, सुनकोशी गाउँपालिका(६ का २३ वर्षीय शिव भण्डारी, २३ वर्षीय मिलन भण्डारी र २४ वर्षीय कृष्ण भण्डारी छन्।

त्यस्तै, झापा कमला गाउँपालिका ३ का २९ वर्षीय युवराज राई, अछाम मेल्लेख गाउँपालिका ३ का २१ वर्षीय अर्जुन बुढा, गुल्मी वाडागाउँ गाउँपालिका २ का सागर आचार्य र नवलपरासी सरावल गाउपालिका १ का ५३ वर्षीया पार्वती नेपाली पक्राउ परेका छन्।

प्रकाशित : २७ श्रावण २०८०, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६