प्रदेश

अर्घाखाँचीको जलुकेमा बिधुत शर्ट भई घरमा आगलागी हुदाँ लाखौंको क्षति



अर्घाखाँची, २७ साउन । बिधुतशर्ट भई अर्घाखाँची शितगंगा ७ सुखौरा निवासी टंक बहादुर खाम्चाको घरगोठमा आगोलागी हुँदा लाखौंको क्षेति भएको छ । घरमा जडान गरिएको बिधुततीय मिटर बक्समा बिधुतशर्ट भई एक्कासी घरमा आगोलागी भएपछि घर नजिकै रहेको गोठ र बाख्राको खोर पुर्णरूपमा जलेको छ । शनिबार बिहान आगोलागी हुँदा घरमा भएको अन्नपात, लत्ताकपडा , पचास हजार नगद तथा जिन्सी सामाग्री जलेर नष्ट भएको छ । आगोलागी भएको जानकारी पाउने बित्तिकै वडाका जनप्रतिनिधि , जलुके प्रहरी चौकी बाट प्रहरी टोली र स्थानीय बासिन्दा घटनास्थल पुगेर उद्दार गरिएको वडा अध्यक्ष देबिराम घिमिरेले जानकारी दिनु भयो । अहिले पिडित परिवारलाई छिमेकी आफ्नै दाजुभाई हरि बहादुर खाम्चाको घरमा राखिएको छ । उनिहरूको ४ जनाको परिवार मध्ये २ जना रोजगारका लागि भारत गएको र दुई जना घर बाहिर भएको बेला मिटरवक्समा बिधुतशर्ट भई आगो लागि भएको प्रहरीले जनाएको छ । बर्षाको समयमा आगोलागी बाट गाँस, बास ,कपास बिहिन भएपछि खाम्चाको परिवार विचल्लीमा परेको हो । अहिले पिडित परिवारलाई बिहान बेलुका छाक टार्नका लागि छिमेकीहरूले सहयोग गरिरहेका छन् ।

प्रकाशित : २७ श्रावण २०८०, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६