राजनीति

बाणगंगा १० मा युवा भेला सम्पन्न, १७ सदस्यि वडा कमिटी गठन




कपिलवस्तु, २८ साउन ।
राष्ट्रिय युवा संघ, नेपालले वडा स्तरीय युवा भेला तथा दोस्रो अधिवेशन सम्पन्न गरेको छ । युवा संघले शनिवार बाणगंगा नगरपालिका वडा न. १० मा युवा भेला तथा दोस्रो अधिवेशन सम्पन्न गरेको हो । सम्पन्न अधिवेशन बाट १७ सदस्यि वडा कमिटी गठन गरिएको युवा संघले जनाएको छ । जसको अध्यक्षमा विष्णुमणि चौधरी, उपाध्यक्षमा सारदा भण्डारी, सचिवमा शेर वहादुर सलामि, सह सचिवमा दिपक थारु, अस्मिता गौतम रहेका छन् । संघले कोषाध्यक्ष मनोनित मार्फत ल्याईने जनएको छ ।


यस्तै सदस्यहरुमा सुरेन्द्र चौधरी, मुना गौतम, ओकिल मोहमद शाह, समिर गौतम, विष्णु गौतम रहेका छन् । अन्य बाँकि सदस्य मनोनयन मार्फत ल्याईने युवा संघका नेता तिलक गिरीले बताए । उनले आफ्नो जिम्मामा रहेको काम जिल्लामै पहिलो पटक गरेको जिकिर गरे । उनले भने ‘आफुले जिम्मा पाएको काम ४ दिन भित्रै अधिवेशन गर्न सफल भएको छु, पाटिले मुल्याङ्कन पक्कै गर्नेछ ।’


यस्तै कार्यक्रममा राष्ट्रिय युवा संघ, नेपालका नेता सर्वेन्द्र देव खनालको प्रमुख आतिथ्थता, राष्ट्रिय युवा संघ वडा कमिटी अध्यक्ष विष्णुमणि चौधरीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा करिब ५० जना युवा युवतिको उपस्थिती रहेको थियो ।

प्रकाशित : २८ श्रावण २०८०, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६