खोज–अनुसन्धान

विद्युतीय सवारी साधनमा सबै भन्दा बढी विक्री हुने कुन हो ?



बुटवल २८ साउन ।विश्वमा विद्युतीय सवारीसाधन (इभी) सबैभन्दा बढी उत्पादन तथा बिक्री गर्ने कम्पनीको सूचीमा बीवाईडीले आफ्नो अग्रता कायमै राखेको छ। चिनियाँ कम्पनी बीवाईडीले यो वर्षको पहिलो त्रैमासमा पनि अमेरिकी कम्पनी टेस्लालाई पछि पारेको हो।काउन्टरपोइन्ट्स ग्लोबल प्यासेन्जर इलेक्ट्रिक भेहिकल मोडल ट्रयाकरले प्रकाशित गरेको पहिलो त्रैमासिकको विवरण अनुसार इभीमा बीवाईडीको बजार हिस्सा सबैभन्दा धेरै २१. १० प्रतिशत छ। यस्तै टेस्लाको १६.०१, फक्सवागनको ६.८८, गिलीको ५.८६, जनरल मोटर्सको ४.७१, मर्सिडिजको ४.२८, बीएमडब्लुको ४.१६, स्टेल्यान्टिसको ३.९७ र हुन्डाइको ३.९ प्रतिशत बजार हिस्सा रहेको विवरणमा उल्लेख छ।अहिले इभीको सबैभन्दा ठूलो बजार चीन हो।

सन् २०२३ को पहिलो त्रैमासमा चीनपछि अमेरिकामा सबैभन्दा बढी इभी बिक्री भएको छ। जर्मनीलाई उछिन्दै अमेरिका विश्वको दोस्रो ठूलो इभी बजार बनेको हो। यो वर्ष पहिलो त्रैमासमा अमेरिकामा इभीको बिक्री ७९ प्रतिशतले बढेको तथ्यांक छ।यो वर्ष १ करोड ३६ लाख वटा इभी बिक्री हुने अनुमान छ। अमेरिकामा यो वर्ष इभीको बिक्री उल्लेखनीयरुपमा बढ्ने अनुमान छ। इभी ट्याक्स क्रेडिट सब्सिडी लागू भएसँगै बिक्रीमा उल्लेखनीय वृद्धि हुने अनुमान गरिएको हो।काउन्टरपोइन्टस् ग्लोबल प्यासेन्जर इलेक्ट्रिक भेहिकल मोडेल सेल्स ट्र्याकरका अनुसार यात्रुबाहक इभीको बिक्री ३२ प्रतिशतले बढेको छ।इभीको बिक्रीमा शीर्ष १० मोडलले ३७ प्रतिशत बजार ओगटेका छन्। टेस्लाको वाई विश्वव्यापीरूपमा सबैभन्दा धेरै बिक्री हुने मोडेल हो। टेस्लाकै मोडेल ३ दोस्रो र बीवाईडीको सङ तेस्रो नम्बरमा छन्।

प्रकाशित : २८ श्रावण २०८०, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६