प्रदेश

नेविसंघ केन्द्रीय सदस्यबाट माधव पौडेलको राजीनामा, जिल्ला सभापतिकै जिम्मेवारी निभाउने



कपिलवस्तु, २८ साउन । नेविसंघ कपिलवस्तुका कार्यवाहक सभापति माधव पौडेलले केन्द्रीय सदस्य पद अस्वीकार गरेका छन् । पौडेललाई कांग्रेस सभापति शेरबहादुर देउवाले नेविसंघको केन्द्रीय समिति विस्तार गर्दा केन्द्रीय सदस्यमा मनोनित गरेका थिए ।

तर पौडेलले आफुले अहिले जिल्लाको कार्यवाहक सभापतिको जिम्मेवारी निभाउने बताउदै केन्द्रीय सदस्यबाट राजीनामा दिएको घोषणा गरेका छन् । उनले यसको जानकारी कांग्रेस केन्द्रीय समिती, नेविसंघको केन्द्रीय समिती र कांग्रेसको जिल्ला समितिलाई एक पत्र लेख्दै दिएका छन् ।

उनले आफुले जिल्लाको विधिसम्मत अधिवेशन गरेपछि मात्र अन्य जिम्मेवारी लिने भन्दै केन्द्रीय समितिमा बस्न अस्वीकार गरेका छन् ।

प्रकाशित : २८ श्रावण २०८०, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६