कपिलवस्तु २८ साउन । लुम्बिनी प्रदेशका मुख्य मन्त्री डिल्ली बहादुर चौधरीले बिकराल बन्दै गएको छाडा चौपाया ब्यवस्थापनकालागि आफुले ठोस पलह गर्ने प्रतिबद्धता ब्यक्त गरेका छन । जिल्ला समन्वय प्रमुख, २ प्रदेश सदस्य, ४ पालिका प्रमुख सहीतको टोलीले आईतावार भेटघाटकाक्रमा दाङको देउखुरी स्थित मुख्यमन्त्रीको कार्यालयमा मुख्य मन्त्री चौधरीलाई छाडा चौपाया ब्यवस्थापनकालागि पलह गर्न ध्यानाकषाणर् गराए पछि उनले सो प्रतिबद्धता ब्यक्त गरको बुद्धभुमी नगरपालिकाका मेयर केशव कुमार श्रेष्ठले बताए ।
छाडा चौपाया ब्यवस्थापनमा मुख्य मन्त्री गंभीर र सकारात्मक रहेको मेयर श्रेष्ठले बताए । ‘ मुख्य मन्त्रीले चाछा चौपायाको ठोसरुपमा पहल गर्ने प्रतिबद्धता जनाउनु भएको छ ’ उनले भने । छाडा चौपाया ब्यवस्थापनकालागि आउने भदौ ९ गते बिहान ११ बजे बुद्धभुमी नगरपालिकाको बुढ्ढीमा मुख्य मन्त्री चौधरीको सहभागीतामा बृहद बैठक समेत आयोजना गर्ने तय भएको छ । सो बैठकमा जिल्लाका १० वटै पालिका प्रमुख, जिल्ला समन्वय समितिका प्रमुख प्रदेश सदस्य, प्रजिअ, सुरक्षा निकायमा प्रमुख वन डिभिजनका प्रमुख लगायतका बृहद सहभागीतामा बैठक हुनेछ । यस अघि प्रशासन कार्यालयका अगुवईमा एक बर्ष अघि छाडा चौपाया ब्यवस्थापनकालागि प्रयास गरिएको थियो । बुद्धभुमीको गब्दाहवा वन क्षेत्रको सय हेक्टर क्षेत्रफलमा चौपाया राख्नकालागि निर्णय समेत गरिएको थियो ।
तर वनको स्विकुति नहुदा अझैं सम्म त्यसले मुर्तरुप भने लिन सकेको छैन । कपिलवस्तु नगरपालिकाका मेयर सुदी पौडेलले आफुहरु छाडा चौपाया ब्यवस्थापनमा गंभीर भएको र त्यसैकालागि आज मुख्य मन्त्रीसंग भेट समेत गरेको बताए । ‘ मुख्य मन्त्रीसंगको भेट पछि अब कपिलवस्तुमा छाडा चौपाया ब्यवस्थापन हुन्छ भन्ने आशा पलाएको छ ’ उनले भने । छाडा चौपायाका कारण कृषकहरुले लगाएको धानबाली समेत सखाप हुने अवस्थामा पुगेको छ भने चौपायको समेत बेहाल भएको छ । जिल्लामा गाई र गोरु पाल्न छाडिए पनि भारतबाट सिमा नाका कटायर पठाईने गरिएकाले दिनप्रति दिन जिल्लामा छाडा चौपायको संख्या बढढै गएको युवा नेता राजशे ज्ञवालीले बताए ।
सुरक्षा निकायले सिमा नाका समेत यसलाई रोक्न बिशेष पहल गर्नु पर्ने उनले बताए । टोलीमा प्रदेश सदस्य अजुृन केसी र नवराज लामिछाने, जिल्ला समन्वय समिति प्रमुख बावुराम आचार्य, उप प्रमुख रमेश कुर्मी, शिवराज नगरपालिका मेयर अजय थापा, यशोधरा गाउपालिका प्रमुख शिवदयाल तिवारी लागायत रहेका थिए ।
प्रतिक्रिया