ब्रेकिंग न्युज

अवरुद्ध सिद्धार्थ राजमार्ग एकतर्फी खुल्यो



बुटवल, २९ साउन ।

अविरल वर्षासँगै खसेको पहिरोले अवरुद्ध भएको सिद्धार्थ राजमार्ग आठ घन्टापछि एकतर्फी सञ्चालनमा आएको छ ।राजमार्ग अन्तर्गत पाल्पा–बुटवल सडक खण्डको तिनाउ गाउँपालिका–३, भूतखोला दोभान क्षेत्रमा खसेको पहिरो पन्छाएपछि राजमार्गमा एकतर्फी सवारी साधन सञ्चालनमा आएको दोभान प्रहरी चौकीले जनाएको छ ।

पहिरो आइतबार राति पौने १२ बजे खसेको हो । प्रहरीका अनुसार सडक डिभिजन कार्यालयले बिहान ५ बजेदेखि डोजर र मेसिन लगाएर पहिरो पन्छाउने काम गरेको भए पनि दुईतर्फी सञ्चालन हुन भने अझ चार घन्टा लाग्ने छ ।

पहिरो खसेर अवरुद्ध भएका सवारी साधन दुई तर्फबाट पालैपालो गरी गन्तव्यतर्फ पठाइएको दोभान प्रहरी चौकीले जनाएको छ । पहिरोसँगै रुख, ढुंगा, माटोसहित खसेकाले पन्छाउन समय लागेको प्रहरीले जनाएको छ । राजमार्ग अवरुद्ध भएपछि रुपन्देही, नवलपरासी, कपिलवस्तु लगायतका तराईबाट पहाड जाने र पहाडबाट तराई झरेको सवारी साधन बाटोमै रोकिएका थिए ।

राजमार्ग भएर पाल्पा, गुल्मी, अर्घाखाँची, स्याङजा, कास्की, पर्वत, म्याग्दी, मुस्ताङ, बाग्लुङसम्मका दैनिक १० हजार सवारी साधन सञ्चालन हुन्छ ।

प्रकाशित : २९ श्रावण २०८०, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६