प्रदेश

सिटिजन्स बैंक बुटवलका ६ जना कर्मचारी पक्राउ




रुपन्देही, ३० साउन ।
नक्कली शैक्षिक प्रमाणपत्रबाट जागिर खाएको अभियोगमा प्रहरीले निजी क्षेत्रको एक बैंकका ६ कर्मचारीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिटिजन्स बैंकको रुपन्देहीमा कार्यरत कर्मचारी छन्।

पक्राउ पर्नेमा बुटवलको ड्राइभर टोल ब्रान्चकी मनिषा मास्के, मणिग्राम ब्रान्चकी गोमा ज्ञवाली, कालिका नगर ब्रान्चकी कल्पना खत्री र प्रतिक्षा रेग्मी तथा बुटवल ब्रान्चका खिमानन्द गौतम र दिपक विष्ट छन्।

बैंकले नै उनीहरूको शैक्षिक प्रमाणपत्र नक्कली रहेको बताएपछि पक्राउ गरेको परिसरका एसपी कुमोध ढुंगेलले जानकारी दिए। ‘उनीहरूको शैक्षिक प्रमाणपत्र नक्कली हो भन्ने जानकारी बैंकले दिएपछि हामीले पक्राउ गरेका हौं,’ उनले भने। प्रहरीले कर्मचारीलाई पक्राउ गरेर प्रमाणपत्रबारे अनुसन्धान अगाडि बढाएको छ।

प्रकाशित : ३० श्रावण २०८०, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६