प्रदेश

नदी कटान रोक्न र तटबन्ध गर्ने विषयमा प्रदेश सरकार गम्भीर छः मुख्यमन्त्री चौधरी



नेपालगञ्ज, ३० साउन ।

लुम्विनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले बाँकेमा राप्ती नदीबाट वर्सेनि हुने डुवान र कटानको विषयमा प्रदेश सरकार गम्भीर रहेको बताएका छन् । नदी कटान रोक्न तटबन्ध गर्ने विषयलाई आफूले प्राथमिकतामा राखेको मुख्य मन्त्री चौधरीले बताए ।

नेपाली कांग्रेस बाँकेले मंगलवार नेपालगन्जमा आयोजना गरेको कार्यक्रममा मुख्यमन्त्री चौधरीले राप्ती नदी कटानको समस्यालाई स्थायी रुपमा समाधानको लागि केन्द्र सरकारसँग पहल भइरहेको जानकारी दिए । मुख्यमन्त्री चोधरीले भने –‘नदी कटान भईरहेका सबै स्थानमा म आफैले स्थलगत अनुगमन गर्ने तयारीमा छु, यसको समाधानका लागि गुरुयोजना तयार पारेर अगाडि बढ्नुस् प्रदेशबाट म बजेटको ब्वस्था गर्छु ।’

सोमबार बेलुका मात्र बागेश्वरी मन्दिरको महा आरतीमा सहभागिता जनाएका मुख्यमन्त्री चौधरीले बागेश्वरी मन्दिरको विकासका लागि पनि आफूले कुनै कसर बाँकी नराख्ने बताए् । नेपालगन्ज ऐतिहासिक शहर भएकोले यसको विकासका लागि प्रदेश सरकारले विशेष ध्यान दिएको उनले बताए । कार्यक्रममा उनले गुट, उपगुटमा नलाग्न नेता, कार्यकर्तालाई निर्देशन दिए । ‘बाँकेको विकासका लागि म तयार छु, तपाईहरु तयार भएर आउनुस् । गुट, उपगुटमा लाग्नु भयो भने विकास, निर्माणमा असर पर्छ । त्यसले कसैलाई पनि फाइदा पुग्दैन,’ मुख्यमन्त्री चौधरीले भने ।

सोही अवसरमा कांग्रेस बाँकेका सभापति नारायणप्रसाद गौडेलले बाँके जिल्लाका बासिन्दा डुवान र कटानको समस्यासँग जुधिरहेको बताउँदै डुवान र कटान समस्या समाधानका लागि पहल गरिदिन माग गरे । उनले यातायात व्यवस्था कार्यालयको शाखा कोहलपुरमा स्थापना, पार्टीको निर्माणाधीन सुशिल कोइराला स्मृति भवनका लागि सहयोग लगायतका विषयमा मुख्यमन्त्री चौधरीको ध्यानाकर्षण गराएका थिए । राप्ती नदीबाट कटान हुने सबै क्षेत्रमा साउनको दोस्रो सातामा लुम्विनी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री धर्म चौधरीले पनि स्थलगत अनुगमन गरिसकेका छन् ।

प्रकाशित : ३० श्रावण २०८०, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६