देश

नेपालबाट टमाटर भित्रिएपछि भारतमा मूल्य घट्यो




एजेन्सी नयाँ दिल्ली, ३० साउन । नेपालबाट आयात गर्न थालेपछि भारतमा टमाटरको मूल्य घट्न थालेको छ । भारतीय सञ्चारमाध्यम हिन्दुस्तान टाइम्सको रिपोर्टमा बढ्दो मूल्यलाई नियन्त्रण गर्न भारतले नेपालबाट टमाटर आयात गर्न थालेको उल्लेख गरे पनि आयातको परिणाम भने खुलाएको छैन ।

आयात गरिएका थप टमाटरहरू ट्रान्जिटमै रहेको र यसले भारतको उत्तरी भागमा रहेका राज्यहरू, विशेष गरेर उत्तर प्रदेश, टमाटरको हाहाकार अन्त्य गर्ने बताइएको छ । योसँगै सरकारले सहुलियतको टमाटरको खुद्रा मूल्य थप घटाउँदै भारतीय रुपैयाँ ५० बनाएको छ ।

सरकारले सहुलियतको टमाटरको मात्रा बढाएसँगै टमाटरको थोक मूल्य घटेको छ यसले खुद्रा मूल्यमा पनि असर पुगेको छ । दिल्ली, राजस्थान र उत्तर प्रदेशमा ९३ हजार ८ सय किलो सहुलियतको टमाटर पठाइएको छ । एक महिना अघि मात्र भारतमा टमाटरको मूल्य २५० भारतीय रुपैयाँ प्रति केजीसम्म पुगेको थियो ।

गत जुलाईमा १५ महिना यताकै ७.४४ प्रतिशतको उच्च मूल्यवृद्धि देखिएको थियो । तरकारीको मूल्य ३७.३४ प्रतिशतले बढ्दा सबैभन्दा उच्च मूल्यवृद्धि टमाटरमा देखिएको थियो । राजश्व विभागले अब एनसीसीएफ र एनएफईडीलाई १५ अगस्तदेखि टमाटर ५० भारतीय रुपैयाँमा बिक्री गर्न निर्देशन दिएको छ ।

प्रकाशित : ३० श्रावण २०८०, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६