प्रदेश

माओवादी केन्द्रको लुम्विनी प्रदेशको बैठक देउखुरीमा जारी



दाङ, ३० साउन । तिन महिने अभियानको सन्दर्भमा नेकपा (माओवादी केन्द्र) लुम्विनी प्रदेशको बैठक मंगलवार (आज) देउखुरीमा वसिरहेको छ । राप्ती गांउ पालिकाको सभाहलमा बसेको बैठकले अभियानलाई कसरी सफल बनाउने भन्नेमा रणनिति तयार गर्ने अध्यक्ष सुदर्शन वरालले जानकारी दिए ।

बैठकले अभियानको जिम्मेवारी समेत ठोस गर्ने बताईएको छ । कार्ययोजना तयार गरी चरणवद्ध रुपमा अभियान संचालन गर्ने तयारी गरिएको वताईएको छ । बैठकमा केन्द्रिय उपाध्यक्ष कृष्ण बहादुर महरा, प्रदेश इन्चार्ज हितमान शाक्य, यस प्रदेशबाट प्रतिनिधित्व गर्ने स्थायी समिति केन्द्रिय सदस्यहरु अतिथीको रुपमा सहभागी भएका छन । १२ वटै जिल्लाबाट प्रदेश सदस्यहरुको सहभागीता रहेको सचिव कृष्ण कुमार अधिकारीले जानकारी दिए ।

अभियान प्रदेशको केन्द्रिकृत योजनामा पालिकालाई आधार बनाई केन्द्रीय सदस्यको केन्द्रीय सल्लाहाकार,केन्द्रीय आयोग सदस्य को नेतृत्वमा प्रदेश सदस्य,प्रदेश सल्लाहाकार ,प्रदेश परिषद सदस्य,जिल्ला समन्वय समिति सदस्य,जबस मोर्चाका केन्द्रीय सदस्य तथा प्रदेश पदाधिकारी तथा सदस्य,पालिकाको पदाधिकारी र सदस्यहरुको टिमबद्ध अभियान वडालाई केन्द्र बनाई सञ्चालन गर्ने गरी योजना बनाउन लागिएको बताईएको छ ।

प्रकाशित : ३० श्रावण २०८०, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६