दाङ ३० साउन । नेकपा माओवादी केन्द्रका उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महराले सुन तस्करी प्रकरणको अनुसन्धानका लागि सघाउन आफू तयार रहेको बताएका छन् । मंगलबार दाङको घोराहीमा पत्रकारहरूसँग कुराकानी गर्दै उपाध्यक्ष महराले सुन प्रकरणको अनुसन्धानका लागि सरकारलाई सघाउन तयार रहेको बताएका हुन् ।सुन तस्करी प्रकरणमा मेरो नाम अनावश्यक रूपमा जोडिएको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो(सीआईबी) ले छानबिन गरिरहेको छु उनले भने, अनुसन्धानमा सघाउन म तयार छु ।सुन तस्करी प्रकरणमा पूर्वसभामुख महरा र उनका छोरा राहुलको नाम मुछिएको छ ।
३० श्रावण २०८०, मंगलबार








प्रतिक्रिया