प्रदेश

सरकारको मुख्य ध्यान सुशासन र भ्रष्टाचार अन्त्यमा छः मन्त्री शर्मा



घोराही, ३१ साउन ।

सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सुशासन र भ्रष्टाचार अन्त्यमा सरकारको मुख्य ध्यान रहेको बताएकी छन् । प्रेस सेन्टर दाङ शाखाले घोराहीमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै मन्त्री शर्माले भ्रष्टाचारको अन्त्य गर्दै देशमा सुशासन कायम र सेवा प्रवाहलाई सहजता बनाउँदै लैजाने कार्यमा सरकारको ध्यान केन्द्रित रहेको बताएकी हुन् ।

देशमा सुशासन कायम गर्ने र भ्रष्टाचारलगायतका कार्यमा संलग्नहरूलाई कार्यवाही गर्ने गरी सरकारले भुटानी शरणार्थी प्रकरणदेखि सुन प्रकरणमा संलग्नहरूलाई पक्राउ गरेर अनुसन्धानको दायरामा ल्याएको उनले बताइन् ।

पत्रकार भेटघाटमा मन्त्री शर्माले भनिन्,‘सरकारको मुख्य ध्यान सुशासन कायम र भ्रष्टाचारको अन्त्य गर्नेमा छ । भुटानी शरणार्थी, सुन प्रकरण, ललिता निवासी जग्गा प्रकरण त्यसैका उदाहरण हुन ।’ साथै उनले यी प्रकरणमा सुरुवात मात्रै नभएर सरकारले सत्य तथ्य छानबिन गरेर दोषीलाई कारबाही गरिछाड्ने बताइन् । उनले भने,‘अहिले भुटानी शरणार्थी, सुन प्रकरणमा अनुसन्धानको काम भइरहेको छ । तर पनि जनतामा यी प्रकरणमा दोषी उम्किने हुन कि सरकारले बिचैमा छोड्छ कि भन्ने भ्रम रहेको छ । त्यो भ्रमलाई चिर्ने गरी सरकार अघि बढेको छ, दोषी जो कोही पनि कारबाहीको दायरामा आउँछ ।’ मन्त्री शर्माले सरकारको ध्यान साना भ्रष्टाचार मात्रै नभएर ठुला भ्रष्टाचारका घट्नामा केन्द्रित रहेकाले भुटानी शरणार्थी प्रकरण, सुन तस्करी प्रकरण जस्तै गिरीबन्धु जग्गा प्रकरणलाई पनि अनुसन्धानको दायरामा ल्याउने तयारीमा रहेको बताएकी हुन् । उनले सबै खाले भ्रष्टाचार र बेतिथिको अन्त्य गर्दै देशमा सुशासन र सहज सेवा प्रवाह गरेर जनतालाई परिवर्तनको अनुभूति गराउने कार्यमा सरकारका लागेको बताइन् ।

साथै मन्त्री शर्माले सरकारले पहिलो पटक सामाजिक सञ्जाललाई व्यवस्थित गराउने गरी साइवर पोसिली निर्माण गरेको भन्दै यसमा जनताको सुझाव आवश्यक रहेको बताइन् । जनस्तरबाट सकारात्मक सुझावहरू आएमा सामाजिक सञ्जाललाई दीर्घकालीन रूपमा व्यवस्थित गर्नका लागि नीति नियम बनाउँदा सुझावलाई समेटेर अघि बढ्ने बताएकी हुन् ।

प्रकाशित : ३१ श्रावण २०८०, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६