तौलिहवा ३१ साउन । कपिलवस्तुको यशोधरा गाउँपालिका वडा नं. ८ खोरियाबासीहरु पानी पर्ने बित्तिकै चिन्तित हुन्छन् । नदीमा लगाएको बाँध भत्काएपछि स्थानीय चिन्तित बनेका हुन् । बाणगङ्गा नदीको बहाव बस्तीतर्फ सर्दै गएपछि गाउँ नै बगाउने खतरा बढेको हो ।नदीले हरेक वर्ष कटान गर्दै आएपछि गाउँसँगै भएर नदी बग्न थालेको छ । लगभग २ सय ४० घर धुरी रहेको गाउँमा नदी कटान ठुलो समस्याको रूपमा देखापरेको छ । नदी कटानका कारण सो क्षेत्रको खेतीयोग्य जमिन बगरमा परिणत भएको हो । स्थानीय पुष्पावती पासीका अनुसार बाँध कटानका कारण हामी रातभर जाग्राम बस्न बाध्य छन् । उहाँले बताउनु भयो ।गाउँमा नदी कटानले खेत बगर बनाएपछि यहाँका गाउँलेहरु समस्यामा परेका छन् ।
प्रमुख जिल्ला अधिकारी शङ्करहरि आचार्यका अनुसार वाणगङ्गा नदी कटान गरेको खोरिया गाउँ गरेको र कटान रोक्न पालिकासँग सहकार्य भइरहेको छ । पालिकाले एक्लै कटान रोक्न नसकेको अवस्था देखिएमा पालिकाबाट निर्णय गराएर जिल्ला विपद् समितिमार्फत प्रदेशसँग आवश्यक समन्वय गर्ने उहाँको भनाइ छ । नदी कटान रोक्न जिल्ला विपद् समिति लागिपरेको प्रजिअ आचार्यले बताउनुभयो ।
३१ श्रावण २०८०, बुधबार
प्रतिक्रिया