कपिलवस्तु ३१ साउन ।जिल्ला प्रशासन कार्यालयबाट ३३ जनाले नेपाली नागरिकता परित्याग गरेका छन । नेपाल नागरिकता ऐन २०६३ जारी भएपछि प्रशासन कार्यालयबाट ३३ जनाले नेपाली नागरिकता त्याग गरेका हुन । यो अवधिमा ३३ जनाले नागरिकता त्याग गरेको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी तथा सहायक प्रमुख जिल्ला अधिकारी अनिल पौडेलले जानकारी दिए ।
प्रशासन कार्यालयका अनुसार नागरिकता त्याग गर्ने मध्ये २२ जना भारत र एक जना अमेरिका देशमा बसोबास गर्न नागरिकता त्यागको कारण पेश गरेका छन । भारतमा ब्यवसाय गर्न, बिवाह गर्न, जमिन किन्न र नोकारी गर्न भन्दै १२ जनाले, भारतमा घरजग्गाा किन्न, स्थायी बसोबास गर्न र निर्वाचनमा उम्मेदवार हुन भन्दै १० जनाले र भारतमा मावलीबामट संपत्ति प्राप्त भएकोले एक जनाले नागकिरता त्यागेका छन ।








प्रतिक्रिया