प्रदेश

पैँचो पसललाई जरिवाना



बुटवल, ३२ साउन । अदातलले न्यून स्तरको खाद्य पदार्थ उत्पादन तथा विक्री वितरण गरेको भन्दै पैँचो पसल प्रा।लि।लाई जरिवाना गर्ने फैसला गरेको छ। गुल्मी जिल्ला अदालतले टमाटरको ससमा कम गुणस्तरको पदार्थ प्रयोग गरी निर्माण गरेको भन्दै गुल्मी जिल्ला अदालतले पैचो पसलका अध्यक्ष ध्रुव न्यौपानेलाई ५० हजार रुपैँया जरिवाना तोकेको हो ।

पैंचो पसलको नामबाट अधिकांश कृषिजन्य वस्तु उत्पादन हुन्छ। पैंचो पसलले गुल्मीमा उत्पादन गरी त्यहाँ र बुटवलमा बिक्री गर्दै आएको छ। खाद्य पदार्थ तथा गुण नियन्त्रण विभागले २०७८ सालमा गरेको अनुगमनका क्रममा पैँचो पसले उत्पादन गरेको उक्त ससमा अखाद्य बस्तु भेटिएपछि बिभागको तर्फबाट कर्मचारी प्रमिला राईले ०७९ चैत १४ मा पैचो पसल प्रा.लि. बिरुद्ध जिल्ला अदालतमा जाहेरी दिएकी थिईन्।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले पैचो पसलले खाद्य सम्वन्धी ऐन २०२३ बमोजिम तोकिएको मापदण्ड भन्दा कम गुणस्तरको टमाटरको सस उत्पादन गरेको प्रतिवेदन पेश गरेपछि सोही प्रतिवेदनलाई आधार बनाएर कारवाही स्वरुप जरिवाना तोकिएको गुल्मी जिल्ला अदालतले जनाएको छ।

प्रकाशित : ३२ श्रावण २०८०, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६