साउन ३२, एजेन्सी । एक महिनाभन्दा लामो समयदेखि हराएको आप्रवासी बोकेको डुङ्गा अफ्रिकाको केप भर्डे टापुको तटमा भेटिएको छ। डुङ्गामा रहेका ६० जनाभन्दा धेरैको ज्यान गएको अनुमान गरिएको छ । बालबालिकासहित ३८ जनालाई उद्धार गरेर सल टापुमा पुर्याइएको छ ।
समुद्रमा लामो समय रहेको डुङ्गामा रहेको धेरैजसो सेनेगलका नागरिक भएका अनुमान गरिएको बीबीसीले जनाएको छ । सेनेगलको विदेश मन्त्रालयले यो डुङ्गा गएको जुलाई १० तारिखमा एक सय एक जना यात्रु बोकेर प्रस्थान गरेको जनाएको छ । त्यसपछि डुङ्गा हराएको थियो । केप भर्डे पश्चिम अफ्रिकाबाट झण्डै ६ सय किलोमिटर टाढा आन्ध्र महासागरमा रहेको टापु हो ।








प्रतिक्रिया