ब्रेकिंग न्युज

आँखा पाक्ने रोग फैलिए पछि गाउँमै पुगेर आँखा जाँच



चन्द्रौटा, ३२ साउन । आँखा पाक्ने रोगको जोखिम बढसँगै शिवराज नगरपालिका वडा ३ ले गाउँमै पुगेर आँखा शिविर सञ्चालन गरेको छ। वडाका नागरिकहरूलाई आँखाको रोगबाट बचाउन निःशुल्क शिविर सञ्चालन गरेको वडा अध्यक्ष टेकलाल सापकोटाले बताए। सापकोटाकै नेतृत्वमा वडाका विभिन्न गाउँमा पुगेर नागरिकहरूका आँखा जाँच गरिएको हो।

‘हरेक नागरिकहरूलाई पायक पर्ने गरी आँखा शिविर आयोजना गरिएको छ, सापकोटाले भने, ‘अहिले महामारीको रूपमा आँखा पाक्ने रोग रहेकोले शिविर आयोजना गरिएको हो।’

वडाको खरेन्द्रपुर, मदवा र बलुहवामा शिविर सञ्चालन भएको छ। बिहीबार बलुहवामा आयोजित शिविरमा आँखा जाँच गर्ने नागरिकहरूको भिड लाग्यो। आँखा दुख्ने,आँखा पाक्ने,मोतिया बिन्दुको समस्या लगायतका बिरामीहरूले शिविरबाट लाभ लिएका छन्। शिविरबाट वृद्धवृद्धाहरु बढी लाभान्वित भएका छन्।

छन्द काले बाबु नारायणी आँखा अस्पताल बहादुरगंजको स्वास्थ्यकर्मीको टोलीले आँखा जाँच गरेको हो। बलुहवाकी सोनमती थारु गाउँमै आँखा जाँच गर्न पाएकोमा खुसी छिन्। उनले परिवारका सबै सदस्यको आँखा जाँच गराएकी छिन्।

वडा कार्यालयले अहिलेको महामारीको समयमा नागरिकहरूको लागि शिविर सञ्चालन गरेको धन्यवादसमेत दिइन्। बलुहवा टोल विकास संस्थाले केही दिन अघि नै शिविरमा सहभागी हुन आग्रह गरिसकेको थियो।

खरेन्द्रपुरमा भएको शिविरमा ७४९ जनाको आँखा जाँच गरिएको छ जसमा ४१ जनाको मोतिया विन्दुको अप्रेसन गरिएको हो। त्यस्तै मदवामा भएको आँखा शिविरमा ३९० जनाले जाँच गराएका छन्। तीमध्ये २२ जना मोतियाविन्दुका बिरामी रहेकोले अप्रेसनको लागि बहादुरगंज पठाइएको चनइ स्वास्थ्य चौकीका प्रमुख जित बहादुर बिसीले बताए। शिविरमा उल्लेखनीय सहभागिता देखिएको आँखा अस्पतालका प्रशासकीय अधिकृत जसराज विश्वकर्माले बताए।

प्रकाशित : ३२ श्रावण २०८०, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६